साउदी जेलमा रहेका अधिकांश नेपाली मदिरा कारोबारी « Khabarhub

साउदी जेलमा रहेका अधिकांश नेपाली मदिरा कारोबारी



दोहा – साउदी अरबको जेलमा रहेका अधिकांश नेपाली मदिरा कारोबारीमा पक्राउ परी जेल जीवन बिताइरहेको पाइएको छ ।

साउदीका जेलमा परेका अधिकांश  नेपाली रक्सी ओसारपसारमा लागेकाहरू रहेका रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले शुक्रबार फेसबुक लाइभमार्फत यसबारे जानकारी दिँदै रक्सी ओसारपसारमा गर्ने कार्यमा नलाग्न अरु नेपालीलाई आग्रह गरेको छ।

रक्सी ओसारपसारमा कार्यमा लगाउनेहरु पनि धेरै जसो नेपाली नागरिक नै हुने गरेको दूतावासका श्रम काउन्सेलर देवेन्द्र कार्कीले बताए ।

काउन्सेलर कार्कीका अनुसार आफूले जेलमा पुगेर भेट्दा चिनजानकै मान्छेबाट ठगिएको भन्ने गुनासो आएकोले यसबारे सबैले सचेत रहन पनि आग्रह गरेका छन् ।

‘जेलमा गएर बुझ्दा सबैले चिनेकै साथीभाइले काम गर्न लगाएको भन्ने सुनियो’, उनले फेसबुक लाइभमा भने, ‘बढी पैसा कमाउने प्रलोभनमा परेर आफ्नो जिन्दगी खराब नगर्नुस्, जे कामको लागि आउनुभएको हो त्यही काम गर्नुस् ।’

साउदी नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य देश हो तर यहाँको कानुन कडा छ । नियमकानुनको बारेमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।

साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । बिक्री वितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौँ वर्षसम्म जेल सजाय हुन सक्ने तथा जरिबाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गरेको छ ।

रक्सी ओसारपसारमा गर्ने कार्यमा जेल परेकाहरूलाई र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुन:साउदी अरब फर्कन नसक्ने गरी डिपोर्ट गर्ने गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : ३१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर