महोत्तरी – महोत्तरीको बर्दिबासमा ‘चौथो बर्दिबास महोत्सव’ सुरु भएको छ ।
‘उद्योग व्यापार र कलाको विकास गरौँ, साहित्य संस्कृतिको प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ बर्दिबासमा महोत्सवको औपचारिक उद्घाटन भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्दै बर्दिबासको विशिष्ट पहिचानलाई महोत्सवले चिनाउन भूमिका खेल्ने बताए ।
बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा सुरु भएको महोत्सव १३ चैत्रसम्म चल्नेछ ।
बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले कोरोना पछि लयमा फर्कन नसकेको व्यापार, व्यवसायलाई महोत्सवले लयमा फर्काउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
महोत्सव परिसरमा करिब १७० भन्दा बढी व्यापारिक स्टलहरू राखिएको छ भने नगरभरिका विभिन्न पर्यटकीय क्षेत्रहरूको फोटो र भिडियो प्रदर्शन गरिएको छ ।
प्रतिक्रिया