नेपाली सिनेमा क्षेत्रका एक नक्षेत्र हुन् प्रताव सुब्बा। सुब्बाको हालै (यही चैत्र २ गते) भारतस्थित सिलिगुडीको एउटा अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको छ। दार्जेलिङबाट पहिलो फिल्म बनाउने निर्देशकको पदवी पाएका सुब्बाले नेपाली चलिचत्रमा धेरै उल्लेख्य योगदान गरेका छन्। उनी नेपाली मूलका पहिलो भारतीय चलचित्र निर्देशक पनि मानिन्छन्। वि.सं. २०३५ मा रिलिज भएको ’पराल को आगो’ बाट आफ्नो करियर सुरु गरेका सुब्बाले मसाल, बाँच्न चाहने, कहीँ अध्यारो कहीँ उज्यालो, दिदी, भीष्मप्रतिज्ञा जस्ता व्यापारिक र समीक्षकद्वारा प्रशंसा पाएका नेपाली चलचित्रको निर्देशन गरेका छन्। नेपालबाट सिनेमा बन्न सुरु भएपछि उनी काठमाडौँ आएका थिए।
नेपालबाट सिनेमा बन्न सुरु भएपछि नेपाल बाहिर पनि सिनेमा बन्ने प्रयास जारी रहयो । नेपालमा पञ्चायती व्यवस्था भएकै बेला आमा फिल्म बन्न सुरु भएपछि भारतको दार्जेलिङमा सिनेमा बन्न उत्सुक भएर एक निर्देशक प्रताव सुब्बा आउनुभयो। उहाँले इन्द्र बहादुर राईको कथामा ‘सपना कतिपय’ नामको फिल्म हृदयनाथ लामाको लगानीमा सुरु गर्नुभयो। तर त्यो फिल्म बन्दा बन्दै जलेर त्यसको रिल ध्वस्त भयो।
त्यसपछि सुब्बाले छोटो समयको अन्तरालमा ३० को दशकपछि गुरुप्रसाद मैनालीको कथामा ‘परालको आगो’ नामक कथामा फिल्म बनाउनुभयो। त्यसमा दार्जेलिङका प्रसिद्ध अभिनेता टंक शर्मा र नेपाली रंग मञ्चकी प्रसिद्ध अभिनेत्री वसुन्धरा भुसाललाई नायक र नायिकाको रूपमा ब्रेक दिनुभयो।
यस फिल्ममा आइकी सिंह, मेनुका प्रधान, विश्व मणिलगायत धेरै कलाकारलाई पर्दामा ल्याउनुभयो। भारतको बलिउडमा समानान्तर सिनेमाको आन्दोलन चलिरहँदा फ्रान्समा नोबेला भे अर्थात् नयाँ लहरको उत्सव भइरहेको बेला सुब्बाले पनि सोही धारलाई आफ्नो मन्त्र बनाएर ‘परालको आगो’ बनाउनुभयो।
‘परालको आगो’को संगीत उहाँले शान्ते ठटाल र सम्पूर्ण लोकेशन पश्चिम बङ्गालको कालिंम्पुङ र दार्जेलिङलाई चुन्नुभयो। ‘परालको आगो’को समीक्षात्मक टिप्पणी अत्यन्तै राम्रो भयो। यो फिल्म सुब्बाको महत्त्वपूर्ण मानियो। यस अर्थमा महत्त्वपूर्ण निर्देशक मानियो।
उहाँले रंगमञ्चमा पनि ‘रातको प्रथम प्रहर’ जस्तो सफल नाटकको निर्देशन गरिसक्नु भएको थियो। त्यो नाटकले दार्जेलिङ र नेपालमा तहल्का मच्चाएको थियो।
‘वृत्तचित्र पाउने ब्वाइज’ बनाई सकेका सुब्बाले परालको आगोमा एम फिल्मकारका रूपमा भव्य छवि बनाउनु भयो। त्यसपछि ‘बाच्न चाहनेहरु, अँध्यारो उज्यालो’ जस्ता फिल्म बनाउनुभयो।
गोरखा लाइनको आन्दोलन चलिरहेको बेला बाच्न चाहनेमाथि केही किसिमको बाधा पनि पुग्यो। ‘काँही अध्याँरो काँही उज्यालो’ नामक फिल्ममा उहाँले नयाँ नायक चेतन खड्कालाई लन्च गर्नुभएको थियो। सङ्गीतकार अशोक राईलाई ब्रेक दिनुभएको थियो। यो फिल्मले उज्यालो घाम देख्न पाएन। यस फिल्मको सिथिलतापछि केही समयको लागि नेपाल आएर टेलिभिजनका निम्ति चलचित्र बनाउने पहल गर्नुभयो।
आफूले अभिनयमा ब्रेक दिएका निर शाह त्यतिबेला नेपाल टेलिभिजनका महाप्रबन्धक हुनुहुन्थ्यो। उहाँकै सहयोगमा विजय मल्लको कथा, इन्द्र बहादुरका कथानक चलचित्र बनाउने पहल सुरु गर्नुभयो। त्यसमा उहाँले दिदी, चट्याङ जस्ता फिल्म पनि बनाउनु भयो।
सुब्बाको चलचित्रको दुई आलेख देखियो। परालको आगो बनाउने प्रताव सुब्बा अब विशुद्ध कमर्सियल फिल्मका लागि पनि सफल हुनुभयो। उहाँले ‘दिदी’मा दीपक क्षेत्री, मिथिला शर्मा लगायतका कलाकारसँग काम गर्नुभयो। सङ्गीतकारका रूपमा दिव्य खालिङलाई ब्रेक दिनु भयो।
नारायण गोपालका गीतबाट लोकप्रिय भएका दिव्य खालिङलाई चलचित्रमा शुद्ध नेपाली गीत गर्नका निम्ति सुब्बाले फुलफ्रेज ब्रेक दिनुभयो। यसअघि उहाँले ‘दिदी’ पछि ‘चट्याङ’ फिल्म बनाउनुभयो। ‘भीष्म प्रतिज्ञा’ बनाउनुभयो। यस फिल्ममा पनि उहाँले आफ्नो नयाँ छाप छोड्नु भयो।
भीष्म प्रतिज्ञामा नयाँ सङ्गीतकार अनिल शाहीलाई ब्रेक दिनुभयो। अनिल शाहीको यही फिल्मबाट पहिलो पटक प्रवेश भयो। सुब्बाले नेपालमा पहिलो फिल्म बनाउने हिरासिंह खत्रीको शैलीमा दार्जेलिङबाट पहिलो फिल्म बनाउने निर्देशकको पदवी पाउनु भएको छ। उहाँको सक्रिय फिल्म जीवन अहिले आएर रोकिएको छ। तर उहाँको सक्रियता अन्य विधामा जारी नै छ।
नेपाली मौलिक चलचित्रका अग्रदूत मानिने सुब्बाले निर्देशन गरेको ‘परालको आगो’ नेपालबाहिर बनेको पहिलो मौलिक नेपाली चलचित्र हो।