नगरपालिकाद्वारा अपांगता परिचयपत्र वितरण कार्यलाई तीव्रता | Khabarhub Khabarhub

नगरपालिकाद्वारा अपांगता परिचयपत्र वितरण कार्यलाई तीव्रता


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

डुम्रे तनहुँको व्यास नगरपालिकाले अपांगता भएका व्यक्तिका लागि परिचयपत्र वितरण कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले अति अशक्त भएका व्यक्तिलाई घरमै पुगेर अपांगता परिचयपत्र वितरण गरेका छन् । उपप्रमुख दरैले शुक्रबार लामो समयदेखि ओछ्‌यान परेकी व्यास-१२ का ५४ वर्षीया चिजामाया क्षेत्रीलाई घरमै पुगेर अपांगता परिचयपत्र वितरण गरेका हुन् । 

अति अशक्त अवस्थाकी चिजामायालाई उपप्रमुख दरैले घरमै पुगेर ‘क’ वर्ग (अति अशक्त) को परिचयपत्र दिएका छन् । अति अशक्त भएका व्यक्तिलाई पालिकासम्म पुग्न समस्या हुने भएकाले घरमै पुगेर परिचयपत्र वितरण गरिएको उनले बताए । स्थानीय तहको सेवा घरघरमा पुगेर गर्दा सिंहदरबारको सेवा पाएजस्तो अनुभूति दिलाउनुपर्छ भन्ने मान्यता रहेको उनको भनाइ छ । 

नगरपालिकाको शिक्षा तथा सामाजिक विकास शाखा महिला, बालबालिका तथा सामाजिक उपशाखा प्रमुख राधा आचार्यले पालिका वा वडासम्म पुग्न सक्ने व्यक्तिलाई बोलाइने र अति अशक्तलाई घरमा नै पुगेर सेवा प्रवाह गर्दै आएको जानकारी दिए। उनका अनुसार अति अशक्त अवस्थाका अपांगता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र प्रदान गरिएको छ । 

त्यस्तै व्यास- १० का ५२ वर्षीय दानबहादुर दरैलाई अति सशक्त परिचयपत्र वितरण गरिएको छ । अपांगता भएका व्यक्तिलाई सहज रुपमा सेवा प्रवाह गर्न घरमै पुगेर परिचयपत्र प्रदान गरिएको हो । घरमै आएर सेवा परिचयपत्र दिँदा सिंहदरबारको सेवा घरघरमा आएको महसुस भएको दानबहादुर बताउँछन्। ‘हिँड्डुल तथा शौचका लागिसमेत जान नसक्ने अशक्त व्यक्तिलाई सहयोग पुगेको छ, यसमा हाम्रो पनि कोही छ भन्ने लागेको छ’, उनले भने । 

शाखाप्रमुख आचार्यका अनुसार हालसम्म नगरपालिकाभित्रका आठ सय पाँच जनालाई विभिन्न वर्गका अपांगता परिचयपत्र वितरण गरिएको छ । नगरपालिकाका आठ सय पाँचजनालाई क, ख, ग र घ वर्गको परिचयपत्र वितरण गरिएको जनाइएको छ । हाल परिचयपत्र वितरणको कार्यक्रम भइरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १ : ०८ बजे

तापक्रमले स्वास्थ्य संकट निम्त्याउन सक्ने विज्ञहरूको चेतावनी

काठमाडौं– भारतमा बढ्दो तापक्रमले देशका भीडभाडयुक्त सहरहरूमा स्थितिमा प्रतिकूल प्रभाव

थामिनसक्नु गर्मी : धनगढीमा ४४.१ डिग्री, काठमाडौंमा ३३ डिग्री

काठमाडौं- सुदूरपश्चिमको राजधानी सहर धनगढी उपमहानगरपालिकामा बिहीबार तापक्रम ४४.१ डिग्री

महानगरलाई सडकको पत्र : न्युरोडमा भत्काएको सडक दुई दिनभित्र बनाइसक्नू

काठमाडौं- सडक डिभिजन कार्यालय काठमाडौंले बिनाअनुमति भत्काइएको न्युरोडस्थित सडक दुई

कुपोषण तथा भोकमरी अन्त्यका लागि वर्ल्ड भिजनको साढे २२ करोड सहयोग

काठमाडौं- नेपालका बालबालिकामा रहेको कुपोषण र भोकमरी उन्मूलन गर्ने लक्ष्यका

‘समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक’ 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद,