साल्पासिलिछो गाउँपालिकाले पञ्चवर्षे योजना निर्माण गर्ने « Khabarhub

साल्पासिलिछो गाउँपालिकाले पञ्चवर्षे योजना निर्माण गर्ने


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँको साल्पासिलिछो गाउँपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले पञ्चवर्षे योजना निर्माण गर्ने भएको छ । पालिकाले सञ्चालन गर्ने कार्यक्रमलाई सफल बनाउनका साथै विकासमा साझा धारणा बनाउनका लागि पञ्चवर्षे योजना निर्माण गर्न लागिएको हो ।

स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका विज्ञबाट आएका सल्लाह सुझाव तथा परामर्शका आधारमा आवधिक पञ्चवर्षे योजना निर्माण थालिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए। पालिकाका सबै क्षेत्रका विज्ञ तथा स्थानीय नागरिकसँग छलफल गरी योजना निर्माण गर्न लागिएको उनले बताए ।

‘पालिकाले उपलब्ध गराउने सेवालाई प्रभावकारी एवं जनमुखी बनाउन दीर्घकालीन योजना आवश्यक छ’, अध्यक्ष कुलुङले भने, ‘यहाँको विकासमा सबैको साझा धारणा निर्माण गर्दै अबको पाँच वर्षमा पालिकालाई कस्तो बनाउने भन्ने खाका तयार गरेर काममा जुट्ने योजनामा छौँ ।’ भौगोलिक रूपमा विकट मानिएको साल्पासिलिछो प्राकृतिक स्रोतको उपलब्धता राम्रो भए पनि सदुपयोग हुन नसकेको उनको भनाइ  छ । यहाँको सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलगायत क्षेत्रको विकासलाई कसरी अघि बढाउने भन्ने विषयमा भावी योजना तयार गर्ने अध्यक्ष कुलुङले बताए। 

पञ्चवर्षे आवधिक योजना निर्माण गर्न अहिले यहाँका छ वडामा प्रारम्भिक सुझाव तथा तथ्यांक संकलन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले बताए । सबै वडाबाट आएका सुझावका आधारमा पालिकाले योजनाको प्राथमिकीकरण गर्ने उनले बताए ।

‘हामी गाउँपालिकाको कामलाई गुणात्मक र परिणाममुखी बनाउन जुटेका छौँ’, प्रशासकीय अधिकृत अधिकारीले भने, ‘भावी योजनालाई कसरी सञ्चालन गर्दा स्थानीयको आवश्यकता र अपेक्षा पूरा गर्न सकिन्छ भन्नका लागि सुझाव लिने काम भइरहेको छ । यसले आगामी दिनको बजेट निर्माणमा समेत टेवा पुग्छ ।’ उनले वर्षा लागेपछि सदरमुकामसम्म यातायात सेवा बन्द हुने भएकाले आगामी वैशाखसम्ममा योजना सम्पन्न गराउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।

बाह्रै महिना सडक सञ्चालनका लागि काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ४ : ०१ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ