‘वुमन इन डेटा’ विषयक कन्फरेन्स सम्पन्न « Khabarhub

‘वुमन इन डेटा’ विषयक कन्फरेन्स सम्पन्न


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिक्वल फाउन्डेसनले युके एड, डेटा फर डेभलपेन्ट र द एशिया फाउन्डेसनको सहकार्यमा राजधानीमा आयोजना गरेको डेटा कन्फरेन्स सम्पन्न भएको । शनिबार होटेल हायातमा ‘वुमन इन डेटा’ विषयमा कन्फरेन्स सम्पन्न भएको हो । कन्फरेन्समा महिला उद्यमशीलताका क्षेत्रमा सरकार, नागरिक समाज र शिक्षाको भूमिकाबारे छलफल भएको थियो ।

कन्फरेन्समा महिला उद्यमीका लागि डिजिटल र वित्तीय साक्षरता, डेटामा महिलाको सहभागिताबारे सार्वजनिक क्षेत्रको दृष्टिकोण, डेटा भिजुअलाइजेसन, डेटाको भविष्यलगायतका विषयमा वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

कन्फरेन्समा १० डीएसकी निर्देशक डा. लौरा गिलवर्ट, वुमन इन डेटा स्टेरिङ कमिटीकी सह संस्थापक नहसला जोशी, गिगप्रोकी वरिष्ठ विजनेस इन्टेलिजेन्स म्यानेजर जे मिसेल मराज, राष्ट्रिय तथ्यांक कार्यालयकी उपप्रमुख तथ्यांक अधिकारी मुन्नी चौधरी र ७५७ कोल्याबकी रणनीतिक साझेदारी प्रमुख इलिना ब्रेवेयरको उपस्थिती रहको थियो ।

त्यसैगरी कन्फरेन्समा काठमाडौं विश्वविद्यालयको गणित विभागकी प्राध्यापक ज्योती देवकोटा, मिस युनिभर्स २०२१ सुजिता बस्नेत, आन्ट्रप्रेरणाका सहसंस्थापक निरज खनाल, राष्ट्रिय आदिवासी महिला महासंघ नेपालकी संस्थापक स्टेला तामाङ र काठमाडौं महानरपालिकाको महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावल सहभागी थिए ।

त्यस्तै उक्त कन्फरेन्समा वुमन लिड नेपालकी कार्यकारी निर्देशक हिमा विष्ट, अनुसन्धानकर्ता डा. प्रणव दाहाल, एपीवान टिभीका प्रस्तोता पीट्टर राई र प्रार्थना नेपालकी संस्थापक सरिता लामिछाने पनि सहभागी थिए ।

 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : ०४ बजे

३०४औँ पृथ्वी जयन्ती मनाइयो (तस्बिरहरू)

काठमाडौं– आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न

बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा

पृथ्वी जयन्ती : यस्ता छन् १० दिव्य उपदेश

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी