‘कल्याणकारी राज्यव्यवस्थाका लागि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ’ « Khabarhub

‘कल्याणकारी राज्यव्यवस्थाका लागि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ’


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कल्याणकारी राज्यव्यवस्था स्थापनाका लागि शिक्षा र स्वास्थ्य सर्वसुलभ  तथा निःशुल्क हुनुपर्ने बताएका छन्।

नेपाल शिक्षक संघ डडेल्धुराको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता महरले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकाले निःशुल्क गरिने पर्ने बताए।

‘मैले लामो समयदेखि निःशुल्क स्वास्थ्य ,शिक्षा  र गुणस्तरीय यातायात तथा सञ्चारसँगै उद्यमशीलतासहितको रोजगार-जनताको अधिकार, कांग्रेसको सरकार भन्ने एजेण्डा उठाउँदै आएको छु। नेपालको कुल बजेटको २० प्रतिशत भन्दा बढी शिक्षाका लागि विनियोजन गर्नसकेमात्र शिक्षालाई विश्वबजारसँग प्रतिस्पर्धी बनाउन गर्ने खालको बनाउन सकिन्छ,’ उनले भने।

शिक्षकको मर्यादित पेसा र विद्यार्थीका लागि जीवन उपयोगी शिक्षाको अवधारणा कार्यान्वयन गर्न सरकारले यथाशक्य छिटो संघीय शिक्षा ऐन ल्याउनु पर्ने र शिक्षकको वर्गीय हितका लागि निजामती सरहको सेवासुविधाको व्यवस्था गर्नुपर्ने कुरामा महरले जोड दिए।

हाल देशभित्र स्वयं सेवकसहितका १९ प्रकारका शिक्षक रहेको र यसको उचित व्यवस्थापन गर्न नसक्नु दुखद भएको भन्दै महरले देशभरका करिब ३३ हजार विद्यालयमा कार्यरत ३ लाख २५ हजार बढी शिक्षकको वर्गीयहितका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : ०७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा