२०४० सम्म भारतको अर्थतन्त्रमा ५ जीको योगदान ४ खर्ब ५० अर्ब डलर पुग्ने « Khabarhub

२०४० सम्म भारतको अर्थतन्त्रमा ५ जीको योगदान ४ खर्ब ५० अर्ब डलर पुग्ने


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ५ जी प्रविधिले सन् २०४० सम्म भारतको अर्थतन्त्रमा ४ खर्ब ५० अर्ब डलर बराबरको योगदान दिने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

भारतको डेलोइट टेक्नालोजी, मिडिया तथा टेलिकम्युनिकेसनले प्रतिवेदन सार्वजनिक गर्दै सन् २०४० सम्म भारतको कूल ग्राहस्थ उत्पादनमा ५ जी प्रविधिको योगदान ४ खर्ब ५० अर्ब डलर पुग्ने प्रक्षेपण गरेको हो ।

उक्त प्रतिवेदनमा ५ जी प्रविधिले भारतीय अर्थतन्त्रको बहुक्षेत्रीय योगदान दिने र यसबाट औद्योगिक क्षेत्रको उत्पादकत्व र कार्यक्षमता विस्तार गर्ने उल्लेख छ । उक्त प्रतिवेदनमा आगामी ३–४ वर्षसम्म यस प्रविधिको विस्तार गर्न भारतले १० अर्ब डलर खर्च गर्ने अपेक्षा गरिएको छ ।

प्रतिवेदनमा भारतका २० भन्दा धेरै निजी कम्पनीले ५ जी प्रविधिको विस्तारमा रुची देखाएको बताइएको छ । सन् २०२४ देखि सन् २०२७ सम्म भारतमा निजी कम्पनीले वृहद स्तरमा यस प्रविधिलाई विस्तार गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : १७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल