लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकको योगदान महत्वपूर्ण : प्रवक्ता महत « Khabarhub

लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकको योगदान महत्वपूर्ण : प्रवक्ता महत


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आज बनेपामा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनमा उनले विद्यालय शिक्षालाई अझै गुणस्तरीय बनाउन शिक्षकको भूमिका विशिष्ठ भएको भन्दै थप गम्भीर बन्न शिक्षकहरूलाई आग्रह गरे । उनले सङ्घीय शिक्षा ऐन छिट्टै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

बागमती प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले सङ्घीय शिक्षा ऐन जारी गर्नका लागि पार्टी र आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल शिक्षक सङ्घका बागमती प्रदेश अध्यक्ष नारायण तिमल्सिना, सङ्घीय कार्यसमितिका उपमहासचिव वाङजुङ लामा, कांग्रेस नेता अच्युतप्रसाद पौडेल, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र नेपाल शिक्षक महासङ्घ काभ्रेका अध्यक्ष आश्विनप्रसाद चौलागाईँलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : ४४ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर