रेडपान्डाको संरक्षणमा भलिबल प्रतियोगिता आयोजना « Khabarhub

रेडपान्डाको संरक्षणमा भलिबल प्रतियोगिता आयोजना


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रसुवा– लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अठ्ठाइसौँ वन्यजन्तु सप्ताह एवं ११औँ  रेडपान्डा ट्रफी प्रतियोगिता अन्तर्गत भलिबल खेल आयोजना गरिएको हो ।  

चार दिनसम्म चल्ने उक्त भलिबल खेलको बागमती प्रदेशसभा सदस्य प्रभात तामाङले सोमबार धुञ्चेमा शुभारम्भ गरे ।  प्रतियोगितामा जिल्लाका दस समूह सहभागी भएको आयोजक संस्था लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले जनाएको छ ।

 ‘समन्वय, सहकार्य र सहअस्तित्व, वन्यजन्तु संरक्षण हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ यहाँ वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ ।  संरक्षण सूचीमा सूचीकृत भएको रेडपान्डा, कस्तुरी मृग, हिमचितुवा, बँदेल, कालोभालु, आस्मिज बाँदर, नउर, काडे भ्याकुर, डाफेसमेत ३९ भन्दा बढी प्रजातिको वन्यजन्तु एवं पक्षीसमेत संरक्षण गर्न निकुञ्जले उच्च प्राथमिकता दिँदै आएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

वन्यजन्तु संरक्षणमा स्थानीय लाकोस संस्थाले पनि सहयोग गरिराखेको जनाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ८ : ३३ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम