अमेरिकामा हिंसात्मक घटनामा संलग्न १७ जना पक्राउ « Khabarhub

अमेरिकामा हिंसात्मक घटनामा संलग्न १७ जना पक्राउ


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको क्यालिफोर्निया प्रहरीले स्टकटन र साक्रामेन्टोका गुरुद्वार र अन्य ठाउँमा गोली हानाहानका घटनामा संलग्न भएको आरोपमा १७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट एके–४७ राइफल, पेस्तोल र मेसिन गनजस्ता हतियार बरामद गरेको छ । २० भन्दा बढी स्थानमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले सोमबार उत्तरी क्यालिफोर्नियाका २० स्थानमा व्यापक खोजी कारवाहीका क्रममा १७ जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका अधिकांश स्थानीय सिख समुदायका सदस्य छन् ।

पक्राउ परेका दुई जना माफियाका सदस्य रहेको जिल्ला अधिवक्ता जेनिफर डुप्रे पत्रकार सम्मेलनमा बताइन् । उनीहरु भारतमा हत्याका धेरै मुद्दामा खोजी सूचीमा रहेको बताइएको छ क्यालिफोर्नियाका महान्यायाधिवक्ताका अनुसार गिरफ्तार गरिएका व्यक्तिहरू प्रतिद्वन्द्वी आपराधिक गिरोहका हिस्सा हुन् । उनीहरु धेरै हिंसात्मक घटना र गोलीबारीमा संलग्न रहेको समेत उनको भनाइ छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ३ : ०० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल