अमेरिकामा हिंसात्मक घटनामा संलग्न १७ जना पक्राउ « Khabarhub

अमेरिकामा हिंसात्मक घटनामा संलग्न १७ जना पक्राउ


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको क्यालिफोर्निया प्रहरीले स्टकटन र साक्रामेन्टोका गुरुद्वार र अन्य ठाउँमा गोली हानाहानका घटनामा संलग्न भएको आरोपमा १७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट एके–४७ राइफल, पेस्तोल र मेसिन गनजस्ता हतियार बरामद गरेको छ । २० भन्दा बढी स्थानमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले सोमबार उत्तरी क्यालिफोर्नियाका २० स्थानमा व्यापक खोजी कारवाहीका क्रममा १७ जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका अधिकांश स्थानीय सिख समुदायका सदस्य छन् ।

पक्राउ परेका दुई जना माफियाका सदस्य रहेको जिल्ला अधिवक्ता जेनिफर डुप्रे पत्रकार सम्मेलनमा बताइन् । उनीहरु भारतमा हत्याका धेरै मुद्दामा खोजी सूचीमा रहेको बताइएको छ क्यालिफोर्नियाका महान्यायाधिवक्ताका अनुसार गिरफ्तार गरिएका व्यक्तिहरू प्रतिद्वन्द्वी आपराधिक गिरोहका हिस्सा हुन् । उनीहरु धेरै हिंसात्मक घटना र गोलीबारीमा संलग्न रहेको समेत उनको भनाइ छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ३ : ०० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल