झोलामा खेती गर्नेले अनुदान पाउँछन्, खेतमा गर्नेले पाउँदैनन् : सांसद चौधरी « Khabarhub

झोलामा खेती गर्नेले अनुदान पाउँछन्, खेतमा गर्नेले पाउँदैनन् : सांसद चौधरी


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कैलाली-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अरुण कुमार चौधरीले सरकारले दिने कृषि अनुदानमा हुने विकृतिका अन्य गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाकाे बैठकमा सा‌ंसद चौधरीले झोलामा कृषि गर्ने र कागजी प्रक्रिया मात्रै पुर्‍याएर अनुदान लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

‘आज हाम्रो देशको कृषि उत्पादन हेर्ने हो भने यहाँ उत्पादित बस्तुले हामीलाई तीन महिना पनि पुग्ने अवस्था छैन’, उनले भने,‘कृषिमा सरकारले लगानी नगरेको पनि हैन, अनुदान नदिएको हैन । तर, त्यसको दुरुपयोग भइरहेको छ ।’

झोले कृषकहरूले गर्दा वास्तविक कृषकहरू मर्कामा परेको उनले स्पष्ट पारे । सांसद चौधरीले भने, ‘झोलामा खेती गर्ने, कागजी प्रक्रिया मिलाई हाल्नेले  अनुदान पाउँछन् । तर, जो वास्तविक किसान छन्, जसले पाउनै पर्ने हो उसले अनुदान पाउँदैन । यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’

सांसद चौधरीले सरकारी नियम, कानुन र प्रक्रियाकै कारण विकासमा ढिलासुस्ती हुने गरेको उदाहरण पेस गरे ।

‘अहिले हाम्रो देशको विकासको प्रक्रिया कसरी अघि बढेको छ भनेर हेर्न कैलाली  क्षेत्र नम्बर २ अन्तरगत कर्णाली चिसापानीदेखि गुइनी हुँदै सडकखण्डमा देखिएको छ । म पिटे जस्तो गर्छु तँ रोए जस्तो गर’, उनले भने, ‘स्तरउन्नतीका लागि त्यो क्षेत्रमा बजेट विनियोजन भएर टेण्डर आव्हान भइसकेको छ । तर,  वनक्षेत्र पर्ने भएकाले केही रुख काट्नु पर्ने थियो तर रुख काट्न नपाएर काम नै रोकिएको छ ।’

सरकारी नियमले गर्दा नै विकासको काम रोकिनु दुखद भएको बताउँदै उनले तत्काल यस समस्या समाधान गरी काम सुरु गराउन पहल गर्न वन मन्त्रालय,  डिभिजन वन कार्यालय र सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ५ : २७ बजे

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ