‘अर्थतन्त्रको दबाब कम गर्न उद्योगीको सहयोग आवश्यक’ « Khabarhub

‘अर्थतन्त्रको दबाब कम गर्न उद्योगीको सहयोग आवश्यक’


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्सा – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमाथि देखापरेको दबाब कम गर्न उद्योगी व्यापारीको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । उनले राजनीतिक अस्थिरता, कोरोना महामारी र रसिया–युक्रेन युद्धका कारण आर्थिक मन्दीको दुशचक्रमा फसेको नेपाललाई सहज अवस्थामा ल्याउन नेपाली उद्योगपति व्यापारीको सहयोग अति नै आवश्यक रहेकोे बताए।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज वीरगञ्जमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको आवश्यकतालाई १२ महिनासम्म धान्न सकिने विदेशी मुद्राको सञ्चिति भए पनि विश्व मन्दिका कारण अर्थतन्त्रमाथि दबाब परेको उल्लेख गरे।

मन्त्री रिजालले उद्योगी, व्यापारी, राष्ट्र सेवक, राजनीति दल सबै पक्ष एकजुट भइ समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए ।उनले उद्योग व्यापारका क्षेत्रमा विविध समस्या छन् र ती समस्यालाई ऐन कानुन संशोधन गरेर भए पनि सम्बोधन गर्न नेपाल सरकार तयार रहेको जानकारी दिए।

उद्योग व्यापारको विकास विना नेपाल र नेपाली समृद्ध हुन नसकिने भएकाले यी क्षेत्रमा देखिएको समस्यालाई चाँडोभन्दा चाँडो सम्बोधन गर्न उद्योगी व्यापारी र राष्ट्र सेवकको संयुक्त समूह नै गठन गर्न आफू तयार रहेको मन्त्री रिजालले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ९ : ४९ बजे

१२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन 

काठमाडौं–  बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा