हिम रिभर पावरले आईपीओ निष्कासन गर्ने « Khabarhub

हिम रिभर पावरले आईपीओ निष्कासन गर्ने


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिम रिभर पावर लिमिटेडले शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन गर्ने उक्त आईपीओको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ भने बिक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी  रिभर पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको छ ।

कम्पनीले २६ करोड ६० लाख रुपैयाँ बराबर २६ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाका स्थानीय बासिन्दाका लागि आईपीओ निस्काइन गर्नेछ। आयोजना प्रभावितका लागि सर्वसाधारणका लागि कम्पनीले १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता निष्कासन गर्नेछ ।

त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री गर्ने जनाएको छ । कम्पनीले सर्वसाधारणलाई १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता बिक्री गर्ने जनाएको छ । हिम रिभर पावर लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा वार्षिक उत्पादन क्षमता ९४.४० गिगावट र जडित क्षमता १६.२६ मेगावाट भएको लिपिङ खोला हाइड्रोपावर परियोजना निर्माण गरिरहेको छ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  १२ : २२ बजे

उत्साहित छन् चितवनका नयाँ मतदाता

चितवन– दलहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै निर्वाचनको माहौल

झापा ५ मा हरेक घरका मतदातासँग सम्पर्क बढाउन कार्यकर्तालाई ओलीको निर्देशन

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका ५ का

तेरियाको डेब्यू फिल्मको सुटिङ सुरु, हिरो दयाहाङ

काठमाडौं – भारतमा समेत ख्याति कमाएकी नेपाली डान्सर तेरिया मगरले

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय सभाको बैठक

काठमाडौं- राष्ट्रिय सभाको बैठक आज बसिरहेको छ ।   सिंहदरबारमा बसेको

सभापति थापालाई किन मधेश पठाइयो ? यसो भन्छन् प्रदीप पौडेल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले उठाएका मुद्दाका आधारमा