हिम रिभर पावरले आईपीओ निष्कासन गर्ने « Khabarhub

हिम रिभर पावरले आईपीओ निष्कासन गर्ने


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिम रिभर पावर लिमिटेडले शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन गर्ने उक्त आईपीओको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ भने बिक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी  रिभर पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको छ ।

कम्पनीले २६ करोड ६० लाख रुपैयाँ बराबर २६ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाका स्थानीय बासिन्दाका लागि आईपीओ निस्काइन गर्नेछ। आयोजना प्रभावितका लागि सर्वसाधारणका लागि कम्पनीले १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता निष्कासन गर्नेछ ।

त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री गर्ने जनाएको छ । कम्पनीले सर्वसाधारणलाई १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता बिक्री गर्ने जनाएको छ । हिम रिभर पावर लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा वार्षिक उत्पादन क्षमता ९४.४० गिगावट र जडित क्षमता १६.२६ मेगावाट भएको लिपिङ खोला हाइड्रोपावर परियोजना निर्माण गरिरहेको छ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  १२ : २२ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल