शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबैले योगदान गर्नुपर्छ : मन्त्री गुरुङ « Khabarhub

शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबैले योगदान गर्नुपर्छ : मन्त्री गुरुङ


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि सबैले योगदान गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गुरुङले १७ वर्ष देखि बाँकी रहेका शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पुराउनका लागि सरकार र दल विशेष मात्रै नभई सबैले योगदान गर्नुपर्ने बताएका हुन् ।

शान्ति प्रक्रियाको विषय सबै दलहरूको साझा विषय भएकाले सबैसँगको समझदारीमा नै यसलाई निष्कर्षमा पुराउने उनले बताए ।

त्यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयकको मस्यौदाबारे जानकारी दिँदै मन्त्री गुरुङले छानबिन प्रतिवेदनका आधारमा पीडितलाई न्याय दिने बताए । उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा प्राप्त हुने सुझावले यस विधेयकलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरे ।

उक्त विधेयकमाथि समितिको अर्को बैठकबाट छलफल सुरु हुने बताइएको छ । बैठकले समितिको कार्यविधिलाई पारित गरेको छ । कार्यविधिमा विना जानकारी ५ पटकसम्म बैठकमा अनुपस्थित हुने सांसदलाई निष्कासन गर्ने सक्ने व्यवस्था समावेश गरिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  १ : ५१ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर