शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबैले योगदान गर्नुपर्छ : मन्त्री गुरुङ « Khabarhub

शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबैले योगदान गर्नुपर्छ : मन्त्री गुरुङ


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि सबैले योगदान गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गुरुङले १७ वर्ष देखि बाँकी रहेका शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पुराउनका लागि सरकार र दल विशेष मात्रै नभई सबैले योगदान गर्नुपर्ने बताएका हुन् ।

शान्ति प्रक्रियाको विषय सबै दलहरूको साझा विषय भएकाले सबैसँगको समझदारीमा नै यसलाई निष्कर्षमा पुराउने उनले बताए ।

त्यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयकको मस्यौदाबारे जानकारी दिँदै मन्त्री गुरुङले छानबिन प्रतिवेदनका आधारमा पीडितलाई न्याय दिने बताए । उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा प्राप्त हुने सुझावले यस विधेयकलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरे ।

उक्त विधेयकमाथि समितिको अर्को बैठकबाट छलफल सुरु हुने बताइएको छ । बैठकले समितिको कार्यविधिलाई पारित गरेको छ । कार्यविधिमा विना जानकारी ५ पटकसम्म बैठकमा अनुपस्थित हुने सांसदलाई निष्कासन गर्ने सक्ने व्यवस्था समावेश गरिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  १ : ५१ बजे

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन