प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वाग्ले निर्वाचित  « Khabarhub

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वाग्ले निर्वाचित 


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन् । राजधानीमा बुधबारदेखि सुरु भएको समाजको १२औँ महाधिवेशन तथा २५औँ साधारणसभाले ३६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक डा मधुसुदन पुनले घोषणा गरेका हुन् ।

वरिष्ठ उपाध्यक्षद्वयमा ईश्वरराज लौडारी र गोकर्ण अर्याल निर्वाचित  भएका छन् । यसैगरी उपाध्यक्षमा कृष्ण केसी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।  

कोशी प्रदेश उपाध्यक्षमा जीवनकुमार राई, मधेश प्रदेश उपाध्यक्षमा रामनारायण देव, वाग्मती प्रदेश उपाध्यक्षमा भरतप्रसाद दवाडी, गण्डकी प्रदेश उपाध्यक्षमा जीवलाल काफ्ले, लुम्बिनी प्रदेश उपाध्यक्षमा शंकरदिवस मजगैयाँ, कर्णाली प्रदेश उपाध्यक्षमा ध्रुवबहादुर मल्ल र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा सुरेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् ।

 यसैगरी महिला उपाध्यक्षद्वयमा अनार बस्नेत र मेनका राजभण्डारी श्रेष्ठ निर्वाचित भएका छन् । समाजको महासचिवमा डा वासुदेव भण्डारी, कोषाध्यक्षमा पुष्पमान श्रेष्ठ, उपमहासचिवमा सिभी मल्ल र सचिवमा प्रा डा अक्कलदेव मिश्र निर्वाचित भएको संयोजक पुनले जानकारी दिए ।

 यसैगरी १९ केन्द्रीय सदस्य पनि महाधिवेशनले निर्वाचित गरेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ३ : ५० बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द