एएसबीसी एसियाली यु-२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडी सम्मानित | Khabarhub Khabarhub

एएसबीसी एसियाली यु-२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडी सम्मानित


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले एएसबीसी एसियाली यु-२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडीहरुलाई सम्मान गरेका हुन् । जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कांस्य जितेका थिए । पुरुष ८६ केजीमा विजय बाटाले कांस्य हात पारेको थिए ।

सुष्माले २० हजार नगद पुरस्कार पाइन् । बाँकी कांस्य विजेताले जनही १० हजार नगद पुरस्कार पाए । त्यस्तै प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दिप श्रेष्ठ समान ५-५ हजार नगदसहित सम्मानित भए भने व्यवस्थापक ओमनारायण श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा खेलकुद मन्त्री लिम्बूले खेलकुदलाई माथि उठाउन सक्दो र इमानदार प्रयास गर्ने बताए । 

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पुर्‍याएबापत प्रशिक्षक राजकृष्ण महर्जन र नवीन तण्डुकार पनि सम्मानित भएका थिए ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ४ : ५३ बजे

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं