भ्रष्टाचारविरुद्धको कठोर कानुन बनाउनुहोस् : नैनसिंह महर « Khabarhub

भ्रष्टाचारविरुद्धको कठोर कानुन बनाउनुहोस् : नैनसिंह महर


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रष्टाचारविरुद्ध कडा कानुन बनाउन माग गरेका छन्।

 सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महरले मुलुकमा भ्रष्टाचारका डर लाग्दा घटना बाहिरिइरहेको भन्दै कडा भन्दा कडा कानुन निर्माण गर्नुपर्ने बताए।

‘कम्युनिस्ट नेता भल्लादमिर लेलिनलेको ‘संसद् खसीको टाउको झुण्डयाएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने उक्ति सत्य होइन भनेर प्रमाणित गर्न भ्रष्टाचारविरुद्धको आवश्यक कठोर कानुन चालु संसदबाट निर्माण गर्ने हिम्मत सांसदहरूले राख्नु पर्छ। सांसद ज्युहरूलाई चुनौतीपूर्ण अनुरोध’ उनले लेखेका छन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै नेपाली नागरिकबाट करोडौं असुली गरेको प्रकरण चलिरहेको समयमा महरको उक्त अभिव्यक्ति आएको हो।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ५ : १८ बजे

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन