पाकिस्तानमा दुई करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर « Khabarhub

पाकिस्तानमा दुई करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानमा ५ देखि १६ वर्ष उमेर समूहका अनुमानित दुई करोड २८ लाख बालबालिकाको विद्यालयमा पहुँच नरहेको अनुमान गरिएको छ ।

पाकिस्तान विश्वमै सबैभन्दा बढी विद्यालयको पहुँचमा नरहेका बालबालिका भएको मुलुकमध्ये एक रहेको योजना विकास मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानले विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको समस्या समाधान गर्न र विद्यालय जाने उमेरसमूहका बालबालिकालाई बढीभन्दा बढी भर्ना गर्न विशेष कार्यक्रम ल्याएको छ ।

पाकिस्तानले वर्षौंदेखि आफ्नो विद्यालय उमेरको जनसङ्ख्यालाई शिक्षामा पहुँच प्रदान गर्न उल्लेखनीय प्रगति गरेको छ, तर सुधारको गति अन्य विकासशील देशहरूको तुलनामा सुस्त रहेको छ, संघीय र प्रान्तीय सरकारहरूले यस मुद्दालाई सम्बोधन गर्न राष्ट्रिय कार्य योजना विकास गर्ने निर्णय गरेको छ ।

विद्यालय बाहिर रहेका बालबालिका कोही पनि नहोस् भनेर राजधानीमा ‘युनिभर्सल इनरोलमेन्ट पाइलट प्रोजेक्ट’ सुरु गरिने र देशभरका अन्य क्षेत्रमा पनि यस्तै नतिजा ल्याउन यो परियोजनालाई दोहो¥याउन सकिने मन्त्रालयले जनाएको छ ।

साथै, अति प्रभावित जिल्लाहरूमा शिक्षाको नतिजा सुधार गर्न प्रदेश सरकारहरूलाई कार्यसम्पादनमा आधारित नगद अनुदान प्रदान गर्न राष्ट्रिय विद्यालय बाहिरको बालबालिका कोषको स्थापना गरिनेछ । यसबाहेक, विदालयमा भर्ना भएर पनि विद्यालय नजाने दर कम गर्न, सरकारले एक व्यापक अनलाइन शैक्षिक प्रणाली सुरू गर्नेछ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ८ : ०८ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट