पाकिस्तानमा दुई करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर « Khabarhub

पाकिस्तानमा दुई करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानमा ५ देखि १६ वर्ष उमेर समूहका अनुमानित दुई करोड २८ लाख बालबालिकाको विद्यालयमा पहुँच नरहेको अनुमान गरिएको छ ।

पाकिस्तान विश्वमै सबैभन्दा बढी विद्यालयको पहुँचमा नरहेका बालबालिका भएको मुलुकमध्ये एक रहेको योजना विकास मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानले विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको समस्या समाधान गर्न र विद्यालय जाने उमेरसमूहका बालबालिकालाई बढीभन्दा बढी भर्ना गर्न विशेष कार्यक्रम ल्याएको छ ।

पाकिस्तानले वर्षौंदेखि आफ्नो विद्यालय उमेरको जनसङ्ख्यालाई शिक्षामा पहुँच प्रदान गर्न उल्लेखनीय प्रगति गरेको छ, तर सुधारको गति अन्य विकासशील देशहरूको तुलनामा सुस्त रहेको छ, संघीय र प्रान्तीय सरकारहरूले यस मुद्दालाई सम्बोधन गर्न राष्ट्रिय कार्य योजना विकास गर्ने निर्णय गरेको छ ।

विद्यालय बाहिर रहेका बालबालिका कोही पनि नहोस् भनेर राजधानीमा ‘युनिभर्सल इनरोलमेन्ट पाइलट प्रोजेक्ट’ सुरु गरिने र देशभरका अन्य क्षेत्रमा पनि यस्तै नतिजा ल्याउन यो परियोजनालाई दोहो¥याउन सकिने मन्त्रालयले जनाएको छ ।

साथै, अति प्रभावित जिल्लाहरूमा शिक्षाको नतिजा सुधार गर्न प्रदेश सरकारहरूलाई कार्यसम्पादनमा आधारित नगद अनुदान प्रदान गर्न राष्ट्रिय विद्यालय बाहिरको बालबालिका कोषको स्थापना गरिनेछ । यसबाहेक, विदालयमा भर्ना भएर पनि विद्यालय नजाने दर कम गर्न, सरकारले एक व्यापक अनलाइन शैक्षिक प्रणाली सुरू गर्नेछ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ८ : ०८ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित