स्थानीय तहका एम्बुलेन्सबाट बिरामीलाई राहत « Khabarhub

स्थानीय तहका एम्बुलेन्सबाट बिरामीलाई राहत


४ जेष्ठ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाका स्थानीय तहले एम्बुलेन्स सञ्चालनमा ल्याएपछि बिरामीलाई राहत मिलेको छ । सदरमुकाम खलङ्गाबाट टाढा मानिने सिञ्जाका तीन स्थानीय तह हिमा, कनका सुन्दरी र सिञ्जा गाउँपालिकाले एम्बुलेन्सन सञ्चालनमा ल्याएपछि यहाँका बिरामीलाई राहत मिलेको हो ।

एम्बुलेन्स सञ्चालनमा आएसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी पु¥याउन सजह भएको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमख ललित रोकायाले बताए । गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ ।

गाउँपालिकाभित्रका सेवाग्राहीका लागि अस्पतालसम्म ल्याउन निःशुल्क सेवा प्रदान गरिएको छ । पालिकाभित्रका ज्येष्ठ नागरिक, गर्भवती महिला, सुत्केरी महिला र कुपोषण बच्चालाई प्राथमिकतामा राखेर कर्णाली स्वास्थ्य विज्ञानसम्म लिन रातदिन सेवा दिएको स्वास्थ्य शाखाका प्रमुख रोकायाको भनाइ छ । अहिलेसम्म ज्येष्ठ नागरिकले ३०, सुत्केरी महिला १०, कुपोषण बालकालिका चार जनालाई निःशुल्क एम्बुलेन्स सेवा लिएको सिञ्जा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

एम्बुलेन्स आउनु अगाडि बिरामीलाई गाडी रिजर्भ गरेर उद्धार गर्ने गरिएकामा अब पालिकाको आफ्नै एम्बुलेन्सबाट बिरामीको उद्धार गर्न सहज भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए । पालिकाको आफ्नै लगानीमा एम्बुलेन्स खरिद गरिएको हो । पालिकाभित्रका ज्येष्ठ नागरिक, सुत्केरीलाई विशेष सेवा दिएको तिला गाउँपालिका उपाध्यक्ष बुढाको भनाइ छ । जिल्लाको तातोपानी, पातारासी गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  १० : ०० बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का