अनाधिकृत संरचनामा चल्यो महानगरको डोजर | Khabarhub Khabarhub

अनाधिकृत संरचनामा चल्यो महानगरको डोजर


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले वडा नं १७ अलौमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचना आज डोजर चलाएर हटाएको छ । डोजरसहित गएको महानगरको टोलीले सार्वजनिक सडक अवरुद्ध हुने गरी स्थानीयवासीद्वारा निर्माण गरिएको संरचना हटाएको हो ।

अलौंमा रहेको इनार नजिकैको एउटा घर भत्काएर सडक खुलाइएको छ भने पोखरीको पूर्वपट्टि रहेको सडकमा निर्माण गरिएका चारवटा घरको पर्खालसमेत भत्काइएको छ । सडक अतिक्रमण गरी बनाइएका पर्खाल हटाइएसँगै रोकिएको नाला निर्माणकार्य अघि बढाइने वडा नं १७ का वडाध्यक्ष सञ्जीवबहादुर क्षेत्रीले बताए ।

महानगरपालिकाले सार्वजनिक, ऐलानी जग्गा खोजी गर्नुका साथै त्यसमा बनेका संरचना हटाउने अभियान नै अघि बढाएको छ । अतिक्रमित संरचना हटाउन महानगपालिकाका प्रमुख राजेशमान सिंह आफैँ पुगेका थिए।

महानगर प्रमुख सिंहले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्ने अभियान नै चलाइएको बताउँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन पनि आग्रह गरे ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  १० : ५८ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु