आज प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने « Khabarhub

आज प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ ।

बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफल अन्तर्गत आज संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ । 

यस्तै, आजको बैठकमा सांसद लिला नाथ श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन, सांसद योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, सांसदहरू कृष्ण गोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सांसद प्रेम सुवालले संघीय मामिला तथा सामान्य प्रशासनलगायतका मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् । 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ६ : ३६ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर