आज प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने « Khabarhub

आज प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ ।

बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफल अन्तर्गत आज संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ । 

यस्तै, आजको बैठकमा सांसद लिला नाथ श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन, सांसद योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, सांसदहरू कृष्ण गोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सांसद प्रेम सुवालले संघीय मामिला तथा सामान्य प्रशासनलगायतका मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् । 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ६ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको