पाँचथरमा बाढीले बगाउँदा ६ जना बेपत्ता, हेवा खोलासहित पाँच पुल बगे | Khabarhub Khabarhub

पाँचथरमा बाढीले बगाउँदा ६ जना बेपत्ता, हेवा खोलासहित पाँच पुल बगे


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरमा गएरातिको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएका छन् । 

हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित सहित ६ जना बेपत्ता भएका हुन् । तामाङ र लोवा स्थानीय हेवा ए जलविद्युत् आयोजनामा कार्यरत थिए।

यस्तै, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी, फिदिम– ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक र फालेलुङ– ३ का एक  गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

बाढीले ९ वटा घर बगाएको विवरण प्राप्त भएको प्रहरीको भनाइ छ । बाढीबाट ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्ग अन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुइवटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ ।

याङवरक गाउँपालिका ३ र २ मा ठूलो परिमाणमा घर बगाएको भएपनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : १० बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र