नर्सिङ शिक्षामा सुधार आवश्यक छ « Khabarhub

नर्सिङ शिक्षामा सुधार आवश्यक छ

‘सैद्धान्तिक ज्ञान राम्रो भए पनि अभ्यास पुगेको छैन’



नर्सिङ शिक्षालाई हिजो र आज तुलना गरेर हेर्नुपर्छ। राष्ट्रिय चिकित्सा शिक्षा आयोग ऐन भन्दा पहिला र अहिले कस्तो छ भनेर बुझ्नुपर्छ। हामी नेपाली एउटा कुरा बिग्रियो भने अर्कोलाई पनि त्यस्तै हो भनिदिन्छौं। मेडिकल कलेजलाई एउटा छाता संगठन बनाएर अगाडि बढ्ने प्रयास भएको देखिन्छ।

त्रिभुवन विश्व विद्यालयको इस्टिच्यूट मेडिसिनको आफ्नै स्ट्याटस छ। सबै भन्दा पुरानो हो। दोस्रो पुरानो धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। त्यसपछि काठमाडौं युनिभर्सिटीले आफ्नै खोलेको छ। युनिभर्सिटीको स्टेटसलाई अन्डरमाइन गर्ने काम हामीले गरिरहेका छौं।

अब नर्सिङ काउन्सिल र मेडिकल काउन्सिलले कुराहरु अगाडि बढाए हुन्छ। अहिलेका समस्या कसरी अनुगमन गर्ने भन्ने विषयमा गम्भीर बन्न ढिला भइसकेको छ।

पहिला हामीले अति दुर्गम ठाउँका १० कक्षा पास गरेका विद्यार्थी छात्रालाई ल्यायौँ। उनीहरुको अंग्रेजी कमजोर भएकोले हामीले अंग्रेजीको शिक्षक राखेर पढायौँ। अहिले उनीहरूले राम्रो गरेका छन्। त्यसपछि म रिटायर्ड भएँ। पछि त्यो कार्यक्रम सर्यो। नर्सिङ काउन्सिलले नर्सिङ पढ्न ५० प्रतिशत नम्बर अनिवार्य गरेको छ। अमेरिका जाने हो भने उसले कुनै प्रतिशत वा मास्क हेर्दैन। क्षमता हेर्छ वा परीक्षामा बसेर पास भए मात्र लिन्छ। किन प्रतिशत मास्क हेर्ने त्यता हामीले पनि ध्यान दिनु जरुरी छ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले ठूलो कुरा गर्छ। हामीले पनि बिएसी नर्सिङ पढाउनु पर्छ भन्यौँ। तर नेपालमा स्टार्फ नर्स नै छैनन्। बिएसी नर्सिङ पढाएर के गर्ने ? त्यो पनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगले बन्द गर्यो। कुनै पनि विश्वविद्यालयले खोल्न पाइँदैन भन्यो।
हामीले स्टार्फ नर्स पढाउन नपाएको त्रिभुवन विश्वविद्यालय इस्टिच्यूट मेडिसिनको बीपी केएचएस हजार बेड भइसक्यो। त्यहाँ स्टार्फ नर्स पढाउन पाउनु त राम्रो हो। क्षमतावान म्यानपावर उत्पादन गर्न यस्ता ठाउँ आवश्यक पर्छ।

चिकित्सा शिक्षा आयोगले सय बेड भनेको छ। त्यो किन भन्नेमा हामी जानुपर्छ। । चार वटा अस्पतालमा २५-२५ बेडका छन् भने लिँदा हुन्छ। होइन सय नै बेड गर्न त्यो पनि पाइँदैन रे ! उसको आफ्नो हुनुपर्छ रे ! त्यो हुने बित्तिकै निजीले गर्ने लगानी कति बढेर जान्छ ? त्यसैले यो मिलेको छैन। यसमा सुधार आवश्यक छ।
नेपालको नर्सिङ शिक्षाका बारेमा विदेशमा एकदम राम्रो भन्छन्। राम्रो पनि छ। तर अहिले कताकता आधारभूत गुणस्तरमै सम्झौता भएको छ। सिद्धान्तमा राम्रो भए पनि व्यवहार राम्रो नभइरहेको छ कि भन्ने चिन्ता छ। कतिलाई ब्लड लिन आउँदैन। यो बिडम्बनाकै विषय हो।

सबैभन्दा ठूलो समस्या भनेको पढ्ने र ब्रेन ड्रेन भएर जाने नै हो। त्यसलाई हामीले कसरी समाधान गर्ने ? यसको उपाय खोज्नु आवश्यक छ। नेपाली नर्स विदेश पुग्नेक्रम ठुलो समस्याका रूपमा रहेको छ। ऐन प्रक्रियामुखी भएको भन्दै सरकार उदार हुनुपर्छ। नेपालमा नर्सिङ शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन चिकित्सा शिक्षा आयोगलाई दबाब दिइनुपर्छ। ऐनले व्यवस्था गरेको परीक्षा लिने तौरतरिकामा पनि सुधार हुनुपर्छ।

अति दुर्गम जिल्लालाई छनोट गरेर सरकारले त्यहाँ काम गरेकालाई आधारभूत र एडभान्स पाठ्यपुस्तक उपलब्ध गराउनुपर्छ। निजी क्षेत्रका मानिसले यो सय बेडले पुगेन भनेर भन्नुहुन्छ। त्यसको लागि सरकारले गम्भीर भएर लाग्नुपर्छ। हामीले चिकित्सा आयोगलाई प्रेसर दिएर अगाडि बढ्यौँ भने अवश्य अगाडि बढ्न सकिन्छ जस्तो लाग्छ।
खबरहब, रेडियो क्यान्डिड र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकोनोमिक स्टडिज (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालको नर्सिङ शिक्षा र जनशक्ति संकट’ विषयक अन्तरक्रिया कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. शेखर कोइरालाले राखेको धारणाको सम्पादित अशं)

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १० : ०९ बजे

किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु

युक्रेन– रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको

अब कांग्रेसले के गर्नुपर्छ ?

नेपाली कांग्रेस कुनै व्यक्ति, गुट वा अमुक पुस्ताको मात्र पार्टी