बाढीपहिरोबारे सांसदले गराए सरकारको ध्यानाकर्षण « Khabarhub

बाढीपहिरोबारे सांसदले गराए सरकारको ध्यानाकर्षण


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदहरुले पूर्वी पहाडी क्षेत्रमा गएको बाढीपहिरोको क्षति, उद्धार र राहतबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरू दीपक खड्का र योगेश भट्टराईले शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको र पीडितको उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरसहितका पहाडी जिल्लामा गएको बाढीपहिरोले २१ जना बेपत्ता भएका, ३ जनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको भन्दै उनीहरूले पीडितहरूको उद्धार गर्न र उनीहरूलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

सांसद खड्काले संखुवासभामा १६ जना बेपत्ता भएका, तीनजनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको बताए । सांसद भट्टराईले ताप्लेजुङमा पाँचजना बेपत्ता भएका जानकारी दिए ।

सांसदद्वय खड्का र भट्टराईले बाढीपहिरोले केही हाइड्रोपावर, सडकसहितको भौतिक संरचनामा क्षति पुगेको जानकारी दिए ।

यस्तै सांसद रामकुमार राई र अशोककुमार चौधरीले बाढीपहिरोबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १२ : ३२ बजे

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्