बाढी र पहिरोले ५० करोडको क्षति भएको सदनलाई जानकारी | Khabarhub Khabarhub

बाढी र पहिरोले ५० करोडको क्षति भएको सदनलाई जानकारी


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वी नेपालमा गएराति आएको भीषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्‍याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै  भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराएका हुन् ।

‘ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा गएराति आएको ठूलो बाढी पहिरोले जनधनको क्षति भएको, केही व्यक्तिको ज्यान गएको र केही बेपत्ता भएका छन्’, उनले भने, ‘म ज्यान गुमाउनेप्रति म र सरकारका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

मन्त्री ज्वालाले उद्धार र पीडितको राहत र सहयोगका लागि तीव्ररुपमा काम अघि बढाएको जानकारी दिए। त्यस क्षेत्रमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी कर्मचारीहरू खोजी, उद्धार र राहतमा सक्रियताका साथ लागेका छन् ।

मन्त्री ज्वालाले भने, ‘ताप्लेजुङको हुवाखोलामा पुल बगाएपछि सो जिल्ला अन्य जिल्लासँगको पहुँच विच्छेद भएको छ । विद्युत्सम्पर्क पनि टुटेको छ । अरुण करिडोरमा पाँच सय मिटर सडक क्षति भएको छ’, उनले भने । 

मध्यपहाडी राजमार्गको पनि केही क्षेत्रमा क्षति पुगेको छ । सम्बन्धित कार्यालयमा कुरा गरी तत्काल बेलिब्रिज जडान गर्न उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको उनले जानकारी दिए । बेलिब्रिज जडान नभएसम्मका लागि सतहबाट नै डाइभर्सन बनाएर यातायात सञ्चालन गर्न लागिपरेको उनको भनाइ छ । 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १ : २९ बजे

राजतन्त्रको पक्षमा निस्केको आवाजबाट सर्तक हुनुपर्छ : महामन्त्री शर्मा

लुम्बिनी – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको

फिदिममा किरात गोल्डकप सुरु

पाँचथर – नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा

मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि

मुगु – नेकपा (एमाले) मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित

तनहुँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, तीन घाइते

तनहुँ – ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको

जनजाति महासङ्घको महाधिवेशन जेठमा

काठमाडौं – नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी