आदिपुरुष विवाद : खराब समीक्षा हटाउन पैसाको अफर  « Khabarhub

आदिपुरुष विवाद : खराब समीक्षा हटाउन पैसाको अफर 


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ओम राउतको फिल्म ‘आदिपुरुष’ सामाजिक सञ्जालमा मीम सामाग्री बनिसकेको छ । फिल्म रिलिज हुनासाथ इन्टरनेटमा यसको चर्को आलोचना भइरहेको छ । फिल्मको संवाददेखि लिएर ‘सीता भारतकी छोरी हुन्’ भन्ने सम्मका कैयौँ विवादमा फिल्म फसिसकेको छ।

अहिले भने नयाँ विवाद सुरु भएको छ । फिल्मका सदस्यले केही सामाजिक सञ्जाल प्रयोगकर्तालाई नकारात्मक समीक्षा हटाउनका लागि पैसाको अफर गरिरहेका छन् । ती सदस्यहरुले सामाजिक सञ्जालमा आफूलाई आएका अफरको स्क्रिनसट राख्न थालेका छन् ।

‘केही एजेन्सीहरुले मलाई टी–सिरिज र आदिपुरुषको तर्फबाट सन्देश पठाइरहेका छन् । उनीहरूले मलाई तपाईंको ट्वीट डिलिट गर्नु भनेर भीख मागिरहेका छन् । यसको बदलामा उनीहरूले मलाई पैसाको अफर गरेका छन् । क्षमा गर्नुहोला, तपाईंले गलत मान्छे छनोट गर्नुभएको छ’, रोशन राय नामका ट्वीटर प्रयोगकर्ताले ट्वीट गरेका छन् ।

अर्का प्रयोगकर्ताले पनि आफूलाई निर्माताले पैसाको अफर गरेको दाबी गरेका छन् । ‘आदिपुरुष टिमले मलाई फिल्मको सकारात्मक समीक्षा लेख्न प्रति ट्वीट ६५ सय रुपैयाँ दिने कुरा गरेका छन् । तर म बिकाऊ होइन’, ती प्रयोगकर्ताले लेखेका छन् ।

तमाम विरोधका बाबजुद फिल्मले पहिलो दिन विश्वव्यापी रुपमा १ सय ४० करोड रुपैयाँको कारोबार गरेको छ । ओम राउत निर्देशित फिल्ममा प्रभास, सैफ अली खान, र कृति सेनन प्रमुख भूमिकामा छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १ : ४३ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट