प्रतिनिधिसभा बैठक : सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग « Khabarhub

प्रतिनिधिसभा बैठक : सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद अब्दुल खानल शिक्षकको तबल कटौती गर्न नहुने बताएका छन् । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा उनले शिक्षकको तलब कटौती गर्न नहुने भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

आजको बैठकमा सांसद अमरबहादुर थापाले पासपोर्ट बनाउने क्रममा आम जनताले भोग्नुपरेको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए । ‘पासपार्ट बनाउँदा जनतालाई दुःख दिने काम नहोस्,  सहकारी पीडित र नागरिकता पीडितको समस्या समाधान होस्’, उनले भने । 

सांसद महेशकुमार बर्तौलाले किसानले कालीमाटीमा गरेको आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गरे । ‘सरकारले बजार सुनिश्चितताको जिम्मा लिनुपर्छ, किसानका लागि क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ’, उनले भने । 

त्यसैगरी सांसद रामकुमार राईले अविरल वर्षाका कारण पूर्वका जिल्लामा जनधनको ठूलो क्षति भएको बताउँदै सङ्खुवासभामा १७ जना बेपत्ता भएको, नौ जनाको मृत्य भएको र पुल पनि बगाएको बताए । ताप्लेजुङमा पनि ठूलो क्षति भएको भन्दै उनले त्यहाँ घर बगाउँदा मानिस बेपत्ता भएकोब बताए । 

‘खोजी जारी छ तथापि पनि भेटिएको छैन, त्यसैगरी पाँचथरमा पनि बेपत्तासँगै ठूलो क्षति भएको छ, जलविद्युत् आयोजना, सिँचाइमा क्षति पुगेको छ भने खेती हुने जग्गा बगरमा परिणत भएका छन् । सरकारले जतिसक्दो चाँडो व्यवस्थित ढङ्गले उद्धार गरी  बेपत्ताको खोजी गरोस्’, उनले भने ।

सांसद अशोककुमार चौधरीले बिपद्का कारण ताप्लेजुङमा विद्युत् आपूर्ति बन्द भएको, हालसम्म ताप्लेजुङमा पाँच र पाँचथरमा पाँच जना बेपत्ता भएको जानकारी दिए। उनले खोजीकार्यमा ढिलाइ भएको प्रति दुःख व्यक्त गरे। उनले पीडितको हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने भन्दै अत्यावश्यक सामग्रीको चाँडो व्यवस्था गर्न र सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरे ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  २ : ३० बजे

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको

उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ ।

विपद् व्यवस्थापनमा मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग पाइरहेका छौँ : परराष्ट्र

कामाडौं– परराष्ट्र मन्त्रालयले विपद् व्यवस्थापनमा बिभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग

बुधबारदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था