प्रतिनिधिसभा बैठक : सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग « Khabarhub

प्रतिनिधिसभा बैठक : सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद अब्दुल खानल शिक्षकको तबल कटौती गर्न नहुने बताएका छन् । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा उनले शिक्षकको तलब कटौती गर्न नहुने भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

आजको बैठकमा सांसद अमरबहादुर थापाले पासपोर्ट बनाउने क्रममा आम जनताले भोग्नुपरेको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए । ‘पासपार्ट बनाउँदा जनतालाई दुःख दिने काम नहोस्,  सहकारी पीडित र नागरिकता पीडितको समस्या समाधान होस्’, उनले भने । 

सांसद महेशकुमार बर्तौलाले किसानले कालीमाटीमा गरेको आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गरे । ‘सरकारले बजार सुनिश्चितताको जिम्मा लिनुपर्छ, किसानका लागि क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ’, उनले भने । 

त्यसैगरी सांसद रामकुमार राईले अविरल वर्षाका कारण पूर्वका जिल्लामा जनधनको ठूलो क्षति भएको बताउँदै सङ्खुवासभामा १७ जना बेपत्ता भएको, नौ जनाको मृत्य भएको र पुल पनि बगाएको बताए । ताप्लेजुङमा पनि ठूलो क्षति भएको भन्दै उनले त्यहाँ घर बगाउँदा मानिस बेपत्ता भएकोब बताए । 

‘खोजी जारी छ तथापि पनि भेटिएको छैन, त्यसैगरी पाँचथरमा पनि बेपत्तासँगै ठूलो क्षति भएको छ, जलविद्युत् आयोजना, सिँचाइमा क्षति पुगेको छ भने खेती हुने जग्गा बगरमा परिणत भएका छन् । सरकारले जतिसक्दो चाँडो व्यवस्थित ढङ्गले उद्धार गरी  बेपत्ताको खोजी गरोस्’, उनले भने ।

सांसद अशोककुमार चौधरीले बिपद्का कारण ताप्लेजुङमा विद्युत् आपूर्ति बन्द भएको, हालसम्म ताप्लेजुङमा पाँच र पाँचथरमा पाँच जना बेपत्ता भएको जानकारी दिए। उनले खोजीकार्यमा ढिलाइ भएको प्रति दुःख व्यक्त गरे। उनले पीडितको हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने भन्दै अत्यावश्यक सामग्रीको चाँडो व्यवस्था गर्न र सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरे ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  २ : ३० बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी