‘कृषिमा व्यक्तिलाई होइन समुदायलाई अनुदान उपलब्ध गराउँछौँ’ « Khabarhub

‘कृषिमा व्यक्तिलाई होइन समुदायलाई अनुदान उपलब्ध गराउँछौँ’


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले अव बागमती प्रदेशले कृषि अनुदान व्यक्तिलाई नभइ समुदायलाई मात्र उपलब्ध गराउने बताए । कृषि क्षेत्रको समस्या समाधान गर्न र कृषि उत्पादन वृद्धि गर्न प्रदेश सरकारले यस्तो लक्ष्य लिएको उनले जानकारी दिए।

अब कृषि क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न कृषि पकेट तथा जोन घोषणा गरेर कृषिलाई व्यवस्थित बनाउने उल्लेख गर्दै मन्त्री श्रेष्ठले सिन्धुलीको मरिण गाउँपालिका तथा हरिहरपुरगढी गाउँपालिकालाई धानको पकेट क्षेत्र, घ्याङलेख गाउँपालिकालाई तरकारीको पकेट क्षेत्र घोषणा गरिने र जिल्लाका अन्य स्थानीय तहमा सम्भाव्यताको आधारमा पकेट तथा जोनका कार्यक्रम लागू गरिने बताए । 

आगामी आर्थिक वर्षका लागि कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारलाई प्राथामिकतामा राखेर बजेट निर्माण गरिएको उनको भनाइ थियो । प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि   ६२ अर्बको बजेट ल्याएकामा ३५ अर्ब पुँजीगत तथा रु २६ अर्बको चालुगत बजेट रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले विभिन्न समस्याका कारण चालु आर्थिक वर्षको भन्दा पुँजीगत बजेट रु सात अर्बले कम भएको बताए ।

सिन्धुलीको भिमानमा अत्याधुनिक जाँचको उपकरणसहित प्रहरी चौकी निर्माण सुरु गरिने  र यसलाई देशकै नमुना चौकी बनाइने उनको भनाइ थियो  । यसवर्ष प्रदेशको १३ वटै जिल्लामा सार्वजनिक विरोध प्रदर्शनस्थल तोक्नका साथै आवश्यक पूर्वाधार निर्माण गरिने भएको छ  ।

पहुँचभन्दा आवश्यकताका आधारमा योजना निर्माण गर्न योजना बैंक निर्माण गर्न १३ वटै जिल्लाबाट प्राप्त योजनालाई  यस योजना बैंकमा राखिने  र यसबाट सम्भाव्यता तथा आवश्यकताका आधारमा योजनालाई प्राथमिकता दिइने भएको छ । सिन्धुलीमाढीमा आज प्रदेश सूचना पुनरावेदन समितिले आयोजना गरेको  सूचनाको हक प्रवर्द्धन कार्यक्रममा मन्त्री श्रेष्ठले सबै कार्यालयले योग्य र सक्षम व्यक्तिलाई सूचना अधिकारी बनाउनुपर्नेमा  जोड दिए ।

सूचना दिने सिद्धान्तलाई पालना गर्दै सूचना अधिकारीले २४ सै घण्टा जनतालाई सूचना दिन सक्ने गरी तयारी हुनुपर्ने र  सूचना दिन कन्जुस्याई नगर्न पनि उनले आग्रह गरे ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  २ : ३७ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको