चाहेजस्तो व्यवस्थापन भए एमालेमा जान्छु : वामदेव गौतम « Khabarhub

चाहेजस्तो व्यवस्थापन भए एमालेमा जान्छु : वामदेव गौतम


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले चाहेको जस्तो व्यवस्थापन भए टिम सहित एमालेमा जाने बताएका छन् ।

आइतबार एमाले पार्टी कार्यालयमा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दै गौतमले एकता राष्ट्रिय अभियानलाई एमालेसँग एकीकृत गराइदिन आफू तयार रहेको भन्दै यसका लागि एमालेले आवश्यक व्यवस्थापन गरिदिनुपर्ने बताएका हुन् । 

भेटमा आवश्यक व्यवस्थापनका लागि अघि बढ्न एमाले अध्यक्ष ओलीलाई भनेको गौतमले जानकारी दिए । गौतमले पार्टीमा सबैभन्दा बढि जिम्मेवार प्राप्त नेता भन्दा कम जिम्मेवारी नदिन समेत आग्रह गरेको धारणा राखे । उनले आफू बिहान उठेदेखि नसुतेसम्म काम गर्न पाउने गरि जिम्मेवारी पाउनुपर्ने आफ्नो माग रहेको र सबै व्यवस्थापन भएपछि मात्रै एमालेमा आउने स्पष्ट पारे ।

भेटका क्रममा एमाले अध्यक्ष ओलीले पार्टीभित्र छलफल गरेर आवश्यक निष्कर्षमा पुगिने बताएका थिए ।  एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतम एमालेमा फर्कन इच्छुक देखिएका छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ३ : ४२ बजे

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको