ट्रेड युनियन कांग्रेसको महाधिवेशन सोमबारदेखि सुरु हुने « Khabarhub

ट्रेड युनियन कांग्रेसको महाधिवेशन सोमबारदेखि सुरु हुने


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन सोमबारदेखि सुरु हुने भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आज पत्रकार सम्मेलन गरी असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानत ७७ वटै जिल्ला, सातवटै प्रदेश र २७ वटै आवद्ध राष्ट्रिय सङ्घको अधिवेशन सम्पन्न गरी सातौँ महाधिवेशन गर्न लागेको जानकारी दिए । उनले नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो विधानमार्फत युवा र महिलाको सहभागीतालाई बढाएको बताए। जिल्ला, प्रदेश र आवद्ध सङ्घमा महिला र युवा सहभागिता बढाउन नेपाल ट्रेड युनियन कांग्रेस लागेको आचार्यको भनाइ थियो । 

पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले वर्तमान समयमा श्रमिकका मुद्दा थप चुनौतीपूर्ण बन्दै गएकाले भोलिदेखि हुने महाधिवेशनले श्रमिकको मुद्दालाई व्यापक रुपमा उठाउने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले महाधिवेशनले नेपाली श्रमिकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्ने बताए । उनले नेपाल ट्रेड युनियन कांग्रेसको गत वर्ष सम्पन्न राष्ट्रिय सम्मेलनबाट महासङ्घको अध्यक्षलगायत ४९ पद र महिला समिति तथा युवा समिति चयन गरेर सम्पन्न हुने जानकारी दिए।

नेपाल ट्रेड युनियन कांग्रेस सातौँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले आगामी दिनमा  ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउनका लागि सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन सङ्गठन निर्माण गर्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : ०५ बजे

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै

एजेन्सी– अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५

नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ

काठमाडौं– नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा

दूतावास प्रवेश प्रकरणले जापान–चीन तनाव थप चर्कियो

एजेन्सी– टोकियोस्थित चिनियाँ दूतावासमा जापानी आत्मरक्षा बलका एक सदस्य अवैध

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र