क्रसर उद्योग नवीकरण प्रक्रिया सहज बनाउन माग « Khabarhub

क्रसर उद्योग नवीकरण प्रक्रिया सहज बनाउन माग


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रसर उद्योगको नवीकरण खुलाइ प्रक्रिया सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । 

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै क्रसर उद्योग नवीकरणमा समस्या देखिएको जनाएको हो । 

तोकिएका सबै मापदण्ड पूरा गरी सरकारलाई बुझाउनुपर्ने सबै राजस्व बुझाउँदा पनि क्रसर उद्योग नवीकरण हुन नसकेको महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले बताए ।

मन्त्रिपरिषद्को गत माघ ११ गतेको निर्णयबाट दर्ता भई हाल सञ्चालनमा रहेका तर मापदण्डलगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा ती उद्योगबाट कानुन बमोजिम लाग्ने कर, दस्तुर, शुल्कलगायतका राजस्व लिई २०८० असार मसान्तसम्म यथावत् रुपमा सञ्चालन गर्ने निर्णय भएको थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णयअनुसार सम्बन्धित निकायले क्रसर उद्योग नवीकरण नभएको अध्यक्ष न्यौपानेको भनाइ छ । ‘उद्योगी व्यवसायी विभिन्न जिल्लामा रहेका नेपाल सरकारका सम्बन्धित निकाय घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर, शूल्कलगायतका राजस्व रकम बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण जनाइ रकम बुझ्न नमानेको र उद्योग नवीकरण नभएको अवस्था छ’, उनले भने ।

कानुन बमोजिम दर्ता भई इजाजत लिएर सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योग यही असार १५ गतेसम्म नवीकरण नभए असार १६ गतेबाट देशभरका सम्पूर्ण यस्ता उद्योगको उत्पादन र बिक्री वितरण रोक्ने चेतावनी पनि महासङ्घले दिएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : २६ बजे

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको