नेपालद्वारा जिम्बावेलाई २९१ रनको लक्ष्य « Khabarhub

नेपालद्वारा जिम्बावेलाई २९१ रनको लक्ष्य


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट छनोट, २०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको बलियो चुनौती दिएको छ ।

जिम्बावेको हरारे स्पोर्टस क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनायो ।

नेपालले खेलको सुरुआत राम्रो गर्‍यो । ओपनर ब्याटरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकटका लागि ३१ दशमलव ५ ओभरमा १७१ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि गत फेब्रुअरीमा नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए । 

कुशलले सर्वाधिक १३ चौका र २ छक्काको मद्दतमा ९९ रन बनाए भने आसिफले ६६ रन बनाए । यसैगरी कुशल मल्लले ४१ रन जोडे भने आरिफ शेखले १० रन र गुल्सन झाले १३ बनाए । दीपेन्द्र सिंह ऐरीले ६ रन र करण केसी २ रनमा अविजित रहे ।

बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्भाले चार विकेट लिए भने विलिङ्टन मासाकाट्जाले दुई विकेट झारे । त्यस्तै ब्लेसिङ् मुजवानी र टेन्डाई चताराले समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : ४८ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह