भ्रष्टाचार नियन्त्रणमा कठिनाइ  | Khabarhub Khabarhub

भ्रष्टाचार नियन्त्रणमा कठिनाइ 


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका स्वरुप परिवर्तन भएकाले नियन्त्रणमा कठिनाइ भएको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राईले भ्रष्टाचारको रकम भुक्तानी गोष्ठी वा अरु कुनै कार्यक्रमका नाममा अन्तर्राष्ट्रिय क्षेत्र पुग्ने र प्रविधिको समेत दुरुपयोग हुने गरेकाले नियन्त्रणमा कठिनाइ भएको बताएका हुन् ।

उनले सुशासन कायम गर्न सके भ्रष्टाचार नै नहुने भन्दै सरकारले नै सुशासन कायम गर्न नसकेका कारण भ्रष्टाचार मौलाएको तर्क गरे । आयोगको एक्लो प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने मान्यतालाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

राईले उपभोक्ता समितिमार्फत काम गराउने  सकारात्मक सोच भएपछि उपभोक्ता समिति नै बिचौलियाका रुपमा देखिएको तर्क गरे । सरकारी निकायमा आवश्यक नै नपर्ने सामानहरू खरिद गर्ने र त्यसमार्फत फाइदा हुने प्रवृत्ति बढ्दो रहेको उनले बताए ।

उनले बिनापूर्वाग्रह संवैधानिक जिम्मेवारी र अधिकार प्रयोग गर्दै भ्रष्टाचार नियन्त्रणमार्फत सुशासन र समृद्धि हासिल गर्न आयोग केन्द्रित रहेको जिकिर गरे । बैठकमा आयोगले गरेका कामकारवाही र भावी योजनाका बारेमा जानकारी गराइएको थियो । 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ५ : ३६ बजे

ओमप्रकाश अर्याल गृहमन्त्री बन्ने भएपछि जेनजीमा विवाद : मध्यरातमा बालुवाटारमा प्रदर्शन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका

एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित

काठमाडौं – एसिया कपमा भारतले पाकिस्तानमाथि सानदार जित निकालेको छ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन