सार्वजनिक निजी साझेदारीमा खेल क्षेत्रको विकास गरिने  « Khabarhub

सार्वजनिक निजी साझेदारीमा खेल क्षेत्रको विकास गरिने 


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की– युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सार्वजनिक निजी साझेदारीबाट खेलकुद क्षेत्रको विकास गरिने बताएका छन् । खेल पूर्वाधार निर्माण तथा खेलकुद प्रतियोगिता सञ्चालनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने योजना बनाएको उनले स्पष्ट पारे ।

खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली खेलकुदको विकासमा निजी क्षेत्रबाट समेत धेरै सहयोग प्राप्त भएको बताए। उनले भने, ‘खेलकुद क्षेत्रमा सरकारले मात्र सबै थोक गर्न सक्दैन । निजी क्षेत्रलाई समावेश गर्न नसके हामी अगाडि जान सक्दैनौँ । खेल  प्रवर्द्धन, खेलाडीलाई सहयोग गर्ने धेरै हातहरु छन्, उनीहरुलाई संरक्षण गर्ने दायित्व हाम्रो हो ।’

खेलकुदमन्त्री लिम्बूले आगामी डिसेम्बरमा चीन हुने १९औँ एसियाली खेलकुदको तयारी सुरु भएको जानकारी दिए। उनले खेलाडीहरुको छनोट तथा प्रशिक्षणलाई पारदर्शी बनाइने प्रतिबद्धता जनाए । ‘एसियन खेलकुदमा सहभागी हुने खेलाडीहरुको पारदर्शी रुपमा छनोट गरिने गरिनेछ । सकेसम्म राष्ट्रिय खेलकुद परिषद्ले छनोट प्रक्रिया र खेलाडीको सुविधाको अनुगमन गरोस् भन्ने मन्त्रालयको चाहना छ’, उनले भने । 

पोखरा पर्यटकीय सहरसँगै खेलकुदको समेत सहर भएको बताउँदै उहाँले पोखराको आवश्यकताअनुसार खेलकुद पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘निर्माण भएका खेल पूर्वाधारको सुधार र संरक्षणसहित थप खेल प्रवर्द्धन र खेल पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्नेछ ।’ 

संधीयताअनुसार खेल क्षेत्रको संरचना विकास नहुँदा उत्साह आउन नसकेको मन्त्री लिम्बूले बताए। उनले खेल क्षेत्रलाई देशको विद्यमान संरचनाअनुसार अघि बढाइने स्पष्ट पार्दै त्यसका लागि कर्मचारी व्यवस्थापनका लागि कर्मचारी नियमावली र प्रशासनिक नियमावली संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिए। 

खेलकुदमन्त्रीले भने, ‘सङ्घीयताअनुसार खेल क्षेत्रलाई अघि बढाउँदा बल्ल उत्साह छाउने छ । खेल क्षेत्रमा धेरै गर्न सक्छौँ । खेल पदाधिकारीहरुले मितव्ययी भएर खेलाडीहरुको सुविधाका लागि काम गर्नुपर्दछ भन्ने भनेर लाग्नु आवश्यक छ ।’ 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ६ : ३० बजे

मकवानपुर दुर्घटनामा घाइते न्यायाधीश डाँगीसहित चार जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौँ – मकवानपुरको भीमफेदीमा सवारी दुर्घटनामा परी घाइते भएका उच्च

बीपी राजमार्ग चौडा पार्न डीपीआर तयार

काभ्रे– बीपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी सुरु

पोखरा – पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक विद्यावारिधि (पीएचडी) तहको पठनपाठन

नक्सापास बिना निर्माण गरिएका संरचना सम्पन्नको प्रमाणपत्रमा रोक

चितवन– चितवनको रत्ननगर नगरपालिकाले बिना नक्सापास निर्माण गरिएका पुराना संरचनाको

हिरासतबाट छुटेपछि किशोर श्रेष्ठको प्रतिक्रिया: ‘सत्य मरेको छैन, कलम हारेको छैन’

काठमाडौँ – सर्वोच्च अदालतको आदेशमा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतबाट