बर्दियामा बाघ हेर्न पर्यटक बोलाउँदै पर्यटन व्यवसायी | Khabarhub Khabarhub

बर्दियामा बाघ हेर्न पर्यटक बोलाउँदै पर्यटन व्यवसायी


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाघ हेर्न पर्यटक बोलाउँदै बर्दियाका पर्यटन व्यवसायी काठमाडौँ आएका छन् । कोभिड महामारी र आर्थिक मन्दीले थलिएको पर्यटन क्षेत्र उकासिँदै गएका बेला बर्दियाका पर्यटन व्यवसायी पर्यटक बोलाउन पोखरा हुँदै काठमाडौँ आएका हुन् ।

‘वन्यजन्तुमा आधारित पर्यटन प्रवद्र्धन कार्यक्रम’ गर्दै बर्दियाका पर्यटन व्यवसायी तथा अभियान्ता काठमाडौँ आएर बाघ हेर्न पर्यटक बोलाएका हुन् । पछिल्लो समय बर्दियामा बाघको संख्या बढेसँगै बाघ हेर्ने पर्यटक पनि बढेका छन् ।

प्रकृति पथ प्रदर्शक संघ, पर्यापर्यटन विकास मञ्च, होटल संघ नेपाल बर्दिया च्याप्टरले आइतबार पर्यटन बोर्डमा कार्यक्रम गरेर बर्दियामा बाघ हेर्न पर्यटकलाई आह्वान गरेका हुन् । ठाकुरबाबा नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, बोर्डका वरिष्ठ निर्देशक हिक्मत ऐर, होटल एशोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाह, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, पर्यटन व्यवसायी मेघ आले लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बर्दियाका पर्यटन अभियान्ता तथा पर्यापटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बर्दिया पर्यापर्यटनका दृष्टिकोणले विश्वकै उत्कृष्ट रहेको भन्दै बर्दिया आउन पर्यटकलाई आह्वान गरे । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ, गैँडा, हात्ती लगायत वन्यजन्तु रहेको भन्दै उनले बर्दियामा पर्यटकको स्वागतका लागि आफूहरु पर्खिरहेको बताए ।

‘विश्वका सञ्चारमाध्यमले उत्कृष्ट गन्तव्यका रुपमा परिचित गराएको बर्दियामा स्वागतका लागि हामीहरु पर्खेर बसेका छौँ’ उनले पर्यटन बोर्डको कार्यक्रममा भने, ‘तपाई लगायत स्वदेशी तथा विदेशी पर्यटक बर्दिया आउनुहुनेछ भन्ने आशामा बसेका छौँ ।’

कार्यक्रममा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, बोर्डका वरिष्ठ निर्देशक हिक्मत ऐर, हानका अध्यक्ष विनायक शाहले पनि बर्दिया पर्यटकीय गन्तव्यका हिसाबले उत्कृष्ट रहेको धारणा राखेका थिए । बर्दियामा बाघको संख्या बढेपछि जंगल सफारी गर्ने पर्यटकको संख्या बढेको छ ।

कोभिडपछि मुश्किलले तंग्रिएको पर्यटन क्षेत्र पछिल्लो समय आर्थिक मन्दीको संकटमा परेपछि बर्दियाका पर्यटन व्यवसायी तथा अभियान्ता प्रवद्र्धनात्मक कार्यक्रम गर्दै पोखरा हुँदै काठमाडौँ आएका हुन् । कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने पथ प्रदर्शकले आफ्नो अनुभव सुनाएका थिए भने बर्दियाको पर्यटनबारे समेटिएका फोटो तथा भिडियो पनि प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : २७ बजे

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

जाजरकोट– जुनिचाँदे गाउँपालिका-८ पंक बस्ने मन बहादुर थापाको घरमा आइतबार बिहान

सिधनियाघाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै

राँझा– नेपालगञ्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका-५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो

नवपुस्तालाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न गृहमन्त्री अर्यालको कर्मचारीलाई निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुप काम गर्न र

स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

बिलबाओ– प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका