बाढीमा बेपत्ता एक जनाको शव तमोर नदी किनारमा भेटियो « Khabarhub

बाढीमा बेपत्ता एक जनाको शव तमोर नदी किनारमा भेटियो


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरमा गएको बाढीमा परेर बेपत्ता भएका पाँच जनामध्ये एक जनाको शव फेला परेको छ । शनिबार राति फिदिमस्थित माउण्टेन हाइड्रोको पावर हाउसबाट बगेका फिदिम–१० निवासी सन्जोग लोवाको शव कुम्मायक गाउँपालिका– ५ स्याब्रुम्बास्थित तमोर नदी किनारमा भेटिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाका अनुसार स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

बाढीमा परेका हिलिहाङ-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम-५ घर भई हाल फिदिम-४ होवाखोलामा बस्दै आएका ५५ वर्षीय राजकुमार राई, हिलिहाङ-७ का २७ वर्षीय आशीष माझी र उनकी २५ वर्षीया पत्नी एलिसाको अवस्था अज्ञात छ ।

फालेलुङ-३ मा पहिरोले पुर्दा घाइते भएकी जुना सावदेनको भने आइतबार दिउँसो उपचारका क्रममा निधन भएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १० : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको