सांकेतिक तस्बिर

देश/प्रदेश

बाढीमा बेपत्ता एक जनाको शव तमोर नदी किनारमा भेटियो

By खबरहब

June 18, 2023

पाँचथर – पाँचथरमा गएको बाढीमा परेर बेपत्ता भएका पाँच जनामध्ये एक जनाको शव फेला परेको छ । शनिबार राति फिदिमस्थित माउण्टेन हाइड्रोको पावर हाउसबाट बगेका फिदिम–१० निवासी सन्जोग लोवाको शव कुम्मायक गाउँपालिका– ५ स्याब्रुम्बास्थित तमोर नदी किनारमा भेटिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाका अनुसार स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

बाढीमा परेका हिलिहाङ-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम-५ घर भई हाल फिदिम-४ होवाखोलामा बस्दै आएका ५५ वर्षीय राजकुमार राई, हिलिहाङ-७ का २७ वर्षीय आशीष माझी र उनकी २५ वर्षीया पत्नी एलिसाको अवस्था अज्ञात छ ।

फालेलुङ-३ मा पहिरोले पुर्दा घाइते भएकी जुना सावदेनको भने आइतबार दिउँसो उपचारका क्रममा निधन भएको छ ।