बाढीपहिरो प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन « Khabarhub

बाढीपहिरो प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीनेपालका विभिन्न जिल्लामा बाढीपहिराका कारण मानिसको मृत्यु तथा बेपत्ता भएको र ठूलो भौतिक क्षतिसमेत भएकाले बेपत्ताहरुको खोजी गरी घाइतेको उपचार, राहत र प्रभावितको उचित व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

पाँचथर सङ्खुवासभालगायतका जिल्लामा भारी वर्षापछि आएको बाढी तथा पहिराका कारण ठूलो धनजनको क्षति भएपछि आजै आपत्कालीन बैठक बसेर उनले उक्त निर्देशन दिएका हुन् । उनको निर्देशनपछि नै आजै मेची राजमार्गको हेवाखोलामा पुल बगाएकाले त्यस ठाउँमा मोडुलर ट्रष्ट ब्रिज निर्माण गरी यातायात सहज पार्न निर्देशन दिएका छन् । प्राप्त विवरणमा सो क्षेत्रमा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन् । केही पुल बगाएको र झण्डै दर्जन पुलमा क्षति पु¥याएको छ । केही घरसमेत बगाएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ११ : ०० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल