बाढीपहिरो प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन « Khabarhub

बाढीपहिरो प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीनेपालका विभिन्न जिल्लामा बाढीपहिराका कारण मानिसको मृत्यु तथा बेपत्ता भएको र ठूलो भौतिक क्षतिसमेत भएकाले बेपत्ताहरुको खोजी गरी घाइतेको उपचार, राहत र प्रभावितको उचित व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

पाँचथर सङ्खुवासभालगायतका जिल्लामा भारी वर्षापछि आएको बाढी तथा पहिराका कारण ठूलो धनजनको क्षति भएपछि आजै आपत्कालीन बैठक बसेर उनले उक्त निर्देशन दिएका हुन् । उनको निर्देशनपछि नै आजै मेची राजमार्गको हेवाखोलामा पुल बगाएकाले त्यस ठाउँमा मोडुलर ट्रष्ट ब्रिज निर्माण गरी यातायात सहज पार्न निर्देशन दिएका छन् । प्राप्त विवरणमा सो क्षेत्रमा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन् । केही पुल बगाएको र झण्डै दर्जन पुलमा क्षति पु¥याएको छ । केही घरसमेत बगाएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ११ : ०० बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट