ब्रेकिङ स्टोरी

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि

By खबरहब

July 18, 2023

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि जारी रहने छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा गत शुक्रबार सुरु भएको सचिवालय बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी रहेको छ । 

आज बिहान ९ बजे सुरु हुने बैठकमा बोल्न बाँकी सचिवालय सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा हिजो सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा. विजय पौडेल र डा. गङ्गालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।