मेसिनमा च्यापिएर कुवेतमा एक नेपालीको मृत्यु « Khabarhub

मेसिनमा च्यापिएर कुवेतमा एक नेपालीको मृत्यु


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

दोहा– कुवेतमा एक नेपालीको मृत्यु भएको छ । तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मान बहादुर भुजेलको मृत्यु भएको हो ।

कुवेतको स्पिडको कम्पनीमा कार्यरत रहेका भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको बताईएको छ । 

विगत १६ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउँदै आएका मृतक भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै आएका थिए। उनको श्रीमती पनि कुवेतमै रहेकाले घटना बारे त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको बताइन

पतिको शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन दूतावास र गैरआवासीय नेपाली संघ एनआरएन कुवेतलाई अनुरोध समेत गरेकी छन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ६ : ५७ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको