हेम बहादुर मल्ल सम्मान गोरक्ष प्रधान र भानु आचार्यलाई प्रदान गरिने « Khabarhub

हेम बहादुर मल्ल सम्मान गोरक्ष प्रधान र भानु आचार्यलाई प्रदान गरिने


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल जनप्रशासन सङ्घ र साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा ‘हेम बहादुर मल्ल सम्मान २०७७-०७८’ घोषणा गरेको छ ।

मंगलबार काठमाडौँमा आयोजना कार्यक्रममा ‘हेम बहादुर मल्ल सम्मान २०७७’ गोरक्ष बहादुर नहुच्छे प्रधानलाई र हेम बहादुर मल्ल सम्मान २०७८ भानुप्रसाद आचार्यलाई प्रदान गर्ने घोषणा गरेको हो ।

प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापक बीचको पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण पुनरावलोकन र मूल्याकनमा पृष्ठपोषण गर्ने उद्देश्यले वि।स। २०४७ सालमा नेपाल जनप्रशासन संघको स्थापना भएको हो ।

गैरनाफामुखी पेशागत संघको रूपमा स्थापित यस सङ्घले विगतमा जनप्रशासनका विभिन्न विधाहरुमा छलफल, अन्तरक्रिया, प्रशिक्षण जस्ता कार्यक्रमहरू आयोजना गरी त्यस्ता कार्यक्रमबाट प्राप्त भएका सुझावहरू नेपाल सरकार एवं सम्बन्धित निकायहरूमा पठाई सहयोग पुर्याउदै आएको छ ।

यो सम्मान उपराष्ट्रपति रामसहाय यादवबाट होटल र्याडिशनमा साउन ३ गते बुधबार प्रदान गरिने छ ,

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ८ : २१ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको