विश्वले अझै चर्को गर्मीको सामना गर्न तयार रहनुपर्छ : संयुक्त राष्ट्रसङ्घ « Khabarhub

विश्वले अझै चर्को गर्मीको सामना गर्न तयार रहनुपर्छ : संयुक्त राष्ट्रसङ्घ


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरी गोलार्धका देशहरु बढ्दो तापक्रमबाट आक्रान्त भइरहेका बेला विश्वले अझै तीव्र गर्मीको सामना गर्न तयार रहनुपर्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लूएमओ) को विश्व तापमान वृद्धिमामिला वरिष्ठ सल्लाहकार जोन नायरनले जेनेभामा पत्रकारहरूसँग भने, “यी घटनाहरू तीव्रतामा बढ्दै जानेछन् र विश्वले थप तीव्र गर्मीको लागि तयारी गर्न आवश्यक छ ।”

उत्तरी गोलार्धमा थप उच्च तापक्रमको सामना गरिरहेको बेला भीषण गर्मी र डढेलोका कारण ग्रीसको समुद्री किनारको रिसोर्टनजिकै रहेका एक हजार २०० बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपरेको यूरोपले मङ्गलबार जनाएको छ ।

स्वास्थ्य अधिकारीहरूले उत्तरी अमेरिकादेखि युरोप र एसियासम्मका मानिसहरूलाई जलवायु परिवर्तनका कारण विश्व तापमानमा वृद्धि भइरहेको बताउँदै प्रशस्त पानीको सेवन गर्न र घामको प्रत्यक्ष सम्पर्कबाट सुरक्षित रहन आग्रह गरेका छन् ।

नायरनका अनुसार गर्मीको प्रकोप सबैभन्दा घातक प्राकृतिक खतरामध्ये एक हो र प्रत्येक वर्ष हजारौं मानिसले रोकथाम गर्न सकिने गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाइरहेका छन् ।

बढ्दो शहरीकरण, उच्च तापक्रमको चरम सीमामा वृद्धि र वृद्ध जनसङ्ख्या भएका देशहरूमा जनसाङ्ख्यिकीय परिवर्तनका कारण तीव्र गतिमा बढ्दै गएको स्वास्थ्य जोखिम गर्मी हो ।
नायरनका अनुसार सन् १९८० को दशकयता उत्तरी गोलार्धमा एक्कासी गमी बढ्ने क्रम छ गुणाले बढेको छ ।

“यो प्रवृत्ति घट्ने कुनै सङ्केत देखिएको छैन,” उनले भने।

गत हप्ता डब्लुएमओले अत्यधिक गर्मीको चेतावनी र परामर्शले संयुक्त राज्य अमेरिकामा १० करोडभन्दा बढी मानिसलाई समेटेको बताएको थियो ।

युरोपियन स्पेस एजेन्सीले इटालीको सिसिली र सार्डिनिया टापुमा ४८ डिग्री सेल्सियस (११८ डिग्री फरेनहाइट) को उच्च तापक्रम हुने अनुमान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय मौसम निकायका अनुसार सन् २०२१ मा सिसिलीमा सबैभन्दा उच्च ४८.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : १५ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग