देशको विकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्छ : सभापति देउवा « Khabarhub

देशको विकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्छ : सभापति देउवा


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले निजामती कर्मचारी मुलुकको स्थायी सरकार भएकाले देशको विकासका लागि सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उनले जनताको सेवामा निजामती कर्मचारीले बिनाअवरोधका साथ काम गर्न पाउनुपर्ने धारणा राखे । लोकतन्त्रिक संविधानअनुसार दलहरु लोकतन्त्रिक हुँदै गएको भन्दै उनले अहिलेको व्यवस्थालाई बलियो बनाउन सबै चनाखो हुनुपर्ने जिकिर गरे ।

त्यस्तै, उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले संघीय निजामती सेवा ऐनलाई छिटै सदनमा प्रस्तुत गर्ने बताए । उनले ऐनका माध्यमबाट कर्मचारीहरुको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

उनले संघीय निजामती सेवा बनाउदा ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको समेत बताए ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ३ : ०० बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन