हेलिकोप्टर दुर्घटनामा १२ नाइजेरियाली सैनिकको मृत्यु « Khabarhub

हेलिकोप्टर दुर्घटनामा १२ नाइजेरियाली सैनिकको मृत्यु


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

अबुजा- नाइजेरियाको नाइजर राज्यमा हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । अबुजा सहरबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको छ ।

नाइजर राज्यको शिरोरो स्थानीय क्षेत्रको चुकुबा गाउँमा सशस्त्र डाकुहरूको आक्रमणमा घाइते भएका र मारिएका सिपाहीहरूलाई उद्धार गर्न उक्त हेलिकोप्टर परिचालन गरिएको थियो ।

नाइजेरियाली सेनाका प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले अबुजामा आयोजित पत्रकार सम्मेलनका क्रममा घटनाको पुष्टि गरेका हुन् ।

उनले दिएको जनाकारीअनुसार दुर्घटनाको समयमा विमानमा १४ जना सैनिक सवार थिए । त्यसैगरी, सात जना अन्य घाइते रहेको र तीमध्ये दुई जना विमान चालक र दुई जना चालक दलका सदस्य रहेको बताइएको छ ।

स्थानीय समाचारअनुसार चुकुबामा दुर्घटनामा पर्नुअघि उक्त हेलिकोप्टरले डाकुको आक्रमणबाट मारिएका सुरक्षाकर्मीको शव ल्याउँदै थियो । स्रोतहरूले जनाएअनुसार सो क्षेत्रमा सक्रिय सशस्त्र लडाकुले अत्याधुनिक हतियार बोकेका थिए, उनीहरुले हेलिकोप्टरमाथि आक्रमण गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

उक्त हेलिकोप्टर कडुना एयरफिल्डबाट मिन्नाको लागि उडेको तर यसको कडुना र मिन्ना दुबै स्थानको नियन्त्रण टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

प्रिमियम टाइम्सका अनुसार स्थानीय डाकुहरूको समूहका कुख्यात नेता डोगो गिडेले आक्रमणको जिम्मा लिएका छन् । अन्सुरु नामक इस्लामिक अतिवादी समूहसँग निकट सम्बन्ध रहेको बताइने गिडेको समूहले नाइजर र चाडसहित नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा आतङ्क माच्चाउँदै आएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ३ : ५१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर