कांग्रेस नेता भण्डारी डिस्चार्ज « Khabarhub

कांग्रेस नेता भण्डारी डिस्चार्ज


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए ।

“शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ,” उनले भने, “विस्तारै विस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन्छ ।” डा नकर्मीले बाहिर सङ्क्रमणबाट जोगाउनका लागि उनलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको बताए ।

उनका अनुसार नेता भण्डारीको पुनः मङ्गलबार घाउको ड्रेसिङ गरिनेछ । करिब छ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परी घाइते भएका उनको यही साउन ३१ गते छालाको प्रत्यारोपण गरिएको थियो ।

“जलनको कारणले घाउ भएपछि दाग परेर नेता भण्डारीको हातको मुठ्ठी पार्न गाह्रो भएको थियो”, उनले भने, “दागहरु निकालेर छाला प्रत्यारोपण गरिएको हो ।”

उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा तिमोथी स्प्रौलसहित प्राडा बिडी झा, प्राडा शङ्करमान राई, डा किरण नकर्मी, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा विशाल कार्की डा प्रविन गिरी, डा सुष्मा डङ्गोल, मोहनकृष्ण डङ्गोल र डा प्रज्वल श्रेष्ठ गरी ११ जनको चिकित्सको टोली उपचारमा संलग्न रहेको थियो ।

गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ५ : ५५ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित