श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसको आग्रह | Khabarhub Khabarhub

श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसको आग्रह


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी कहालीलाग्दो मूल्य वृद्धिमा सरकारले साउन ३२ गते राजपत्रमार्फत श्रमिकलाई मासिक रु १७ हजार तीन सय दिने व्यवस्था गरेको भन्दै उक्त रकमले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या हुने भएकाले रासन कार्डको व्यवस्था मिलाउन आग्रह गरे ।

“नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको पारिश्रमिक न्यूनतम रु २५ हजार हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको अवस्थामा सरकारले राजपत्रमा प्रकाशित गरेको श्रमिकको पारिश्रमिकले जम्मा १७ हजार तीन सय बनाएको छ, यसले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या हुन्छ”, महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सरकारले चिया क्षेत्रमा गरिएको न्यूनतम तलबरज्याला भेद्भाव गरेको ट्रेड युनियन कांग्रेसले जनाएको छ ।

श्रम ऐन, २०७४ को दफा १०७ अनुसार गठित सरकार, रोजगारदाता र ट्रेड युनियन रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले दुई/दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रावधान विपरीत बजारको मूल्य वृद्धिलाई नजरअन्दाज गरेर सरकारले एकलौटी ढङ्गले श्रमिकको पारिश्रमिक वृद्धि गरेकोप्रति ट्रेड युनियन कांग्रेसले विमती जनाएको छ ।

महासचिव राईले सरकारले विगतमा सम्पूर्ण श्रमिकलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने, सामाजिक सुरक्षा कोषमा सङ्लग्न नगराउने गरेको तोकिएको पाइएकाले पारिश्रमिक अनिवार्य रुपमा लागू गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ८ : २८ बजे

कञ्चनपुरको बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका– ४ स्थित पर्यटकीय गन्तव्य बन्धातालको पर्यटन

जैविक विविधता बढाउन वृक्षरोपण अभियान

सिरहा– सिरहाको कर्जन्हा नगरपालिका–१ स्थित बन्दीपुर सबडिभिजन वन कार्यालयले विभिन्न

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं– सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ

भुटानबाट भारतीय सेना फिर्ता हुनुपर्छ, राजा रहे देश रहन्छ

काठमाडौं– यसलाई एउटा रोचक संयोग मान्नुपर्छ, नेपालको सत्तामा यतिखेर पौडेलहरुको

सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री