प्रस्तावित शिक्षा ऐनले समस्या सुल्झदैन : महामन्त्री शर्मा | Khabarhub Khabarhub

प्रस्तावित शिक्षा ऐनले समस्या सुल्झदैन : महामन्त्री शर्मा


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित सार्वजनिक विद्यालय शिक्षा ऐन, २०८० अपुरो रहेकाले विद्यमान शैक्षिक समस्या नसुल्झने बताएक छन् । आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आज धुलाबारीमा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उनले सरोकारवालसँग बसेर छलफल नगरी विद्येयक ल्याउँदा यस्तो समस्या भएको बताए।

महामन्त्री शर्माले प्रस्तावित ऐनले शिक्षा क्षेत्रका समस्या नसुल्झनेमा आफू दृढ रहेको बताउनुभयो । उनले शिक्षकको जारी आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाए । “मैले प्रस्तावित यो ऐन सुक्ष्म अध्ययन गरेको छु” उनले भने, “ऐनको मस्यौदा कसले, किन, कुन उद्देश्य र प्रयोजनका लागि तयार गरेको भन्ने कुराले अन्योल सिर्जना गरेको छ ।”

उनले विधेयक क्याविनेटमा पास नभई संसद्मा नआउने र गलत ढङ्गले आए विधेयक संशोधन नहुने भन्दै शिक्षकलाई आश्वासन दिए । उनले शिक्षा क्षेत्र राम्रो भए समाज राम्रो हुने भएकाले आफू व्यक्तिगतरुपमा पनि राम्रो विद्यालय ऐन बनाउने पक्षमा रहेको बताए।

ध्यानाकर्षणपत्र बुझाउन पुगेका शिक्षकले पनि ऐन संशोधन गर्न जरुरी भएको बताएका थिए । उनीहरूले प्रस्तावित ऐनमा शिक्षकलाई हेर्ने मनोविज्ञान गलत भएको र मानमर्दन गरिएकाले यो विधेयक ल्याए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिएका थिए ।

ध्यानाकर्षणपत्र बुझाउन नेपाल शिक्षक सङ्घका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाई, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अध्यक्ष झापा अध्यक्ष द्रोण श्रेष्ठ, प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठन झापा अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन झापा अध्यक्ष रविन्द्र मैनाली, नेपाल शिक्षक सङ्घ झापा अध्यक्ष तोयानाथ दाहाल (भाष्कर), पूर्वअध्यक्ष नेत्रप्रसाद खरेललगायत महामन्त्री शर्माको निजी निवास मै पुगेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  १० : ३५ बजे

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह 

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक

संविधान पुनर्लेखन र प्रदेश खारेज हुनुपर्छ : रवि

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन ०७९ बाट उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी