किन मनाइन्छ तीज ? यस्तो छ धार्मिक महत्त्व « Khabarhub

किन मनाइन्छ तीज ? यस्तो छ धार्मिक महत्त्व


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

आज हरितालिका (तीज) पर्व । हरितालिका हिन्दु महिलाहरूको विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरी धूमधामसँग तीज मनाउने गर्छन् ।

तीजमा नारीहरू रातो, हरियो, पहेँलो रङ्गको पहिरनका साथमा चुरा, पोते लगाएर नाचगान गर्छन् । तीजका भाका गीतहरूका माध्यमबाट विवाहित महिलाहरू माइतीघर गएर मनको वह पोख्छन् ।

यो पर्वमा विवाहित महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्छन् ।

यसरी व्रत बस्दा श्रीमानको सुस्वास्थ्य र लामो आयु हुने जनविश्वास छ । साथै अविवाहित महिलाहरूले भगवान् शिव जस्तै श्रीमान् पाउँ पनि यो व्रत बस्ने मान्यता छ ।

यस कारण मनाइन्छ तिज ?

धार्मिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले भगवान महादेवलाई आफ्नो स्वामी पाउँ भनी व्रत बसेकी थिइन् । माता पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८औँ जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा बताइएको छ ।

आफ्नो तपस्या पुरा नभएपछि पार्वतीले भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी विष्णुको प्रार्थना गरिन् र विष्णु (हरि)ले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा सम्पूर्ण बेलीविस्तार लगाए ।

विष्णुले दिएको सुझावअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान शिव प्रसन्न भए र चिताएको कुरा पुगोस् भनी वर दिए ।

यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा–आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् । हरिले दिएको तालिकाअनुसार गरिने पूजा भएकाले तीजलाई हरितालिका पनि भनिएको मान्यता छ ।

पार्वतीको व्रत पूर्ण भई महादेवलाई श्रीमानका रूपमा पाएको दिनलाई नै हिन्दु नारीहरूले हरितालिका (तीज)का रूपमा मनाउँदै आएका छन् ।

यही मान्यता अनुसार नेपाली समाजमा तीजमा व्रत बसेर नाच्दा विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायु एवं अविवाहिता महिलाले सुयोग्य वर पाउँ भनी तीजको व्रत बस्ने नेपाली चलन छ ।

 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ६ : ५९ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा